राजावादी प्रदर्शनमा झडप, कमल थापासहित केही व्यक्ति पक्राउ

काठमाडौँ । राजावादीहरुको प्रदर्शनका क्रममा केही प्रहरीसँग झडप भएको । नक्सालस्थित नारायणचौरबाट निस्किएका प्रदर्शनकारीहरु निषेधित क्षेत्र बालुवाटार प्रवेश गर्न खोज्दा झडप भएको हो ।
सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केही व्यक्ति पक्राउ परेका छन् । थापालाई प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको देखिन्छ । राजावादी आन्दोलनका क्रममा थापा सहितका प्रदर्शनकारीले बालुवाटार निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीसहित केहीलाई नियन्त्रणमा लिएको हाे । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लाठी चार्ज गर्दा केही व्यक्ति घाइते समेत भएका छन् ।
थापालगायत केही व्यक्ति पक्राउ परेपछि उनीहरुको रिहाइको माग गर्दै अर्का राप्रपाका राजेन्द्र लिङदेनसहितका प्रदर्शनकारीले बालुवाटार जाने सडकमै धर्ना सुरु गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ १५:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय