News 24 Television
अब बामे सरेर हुँदैन, ‘रकेट’को चालले विकास गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ति भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका छन् ।

आईतवार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले यस्टो टिप्पणी गरेका हुन् । भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भए पनि विकास निर्माणमा ढिलाई हुँदा आयोजनाको शतप्रतिशत मुल्य बढ्ने गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ति नियन्त्रणमा गम्भिर रहेको बताए । उनले यो समय प्रविधि र एआईको समय भएको बताउँदै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्नेमा जाेड दिए । 

ओलीले भने, ‘भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ति हो । भ्रष्टाचार गर्नेले  १० प्रतिशत गर्ला । तर ढिलासुस्ति गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ । एकातिर आयोजनाको मूल्य शत प्रतिशत बढ्छ अर्कोतिर हजारौँ प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ । त्यसकारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन । ढिलासुस्ति नियन्त्रणमा पनि सरकारको कडाईका साथ ध्यान जानेछ । यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामी चाँही बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुदैन ।  त्यस कुरामा सरकारको ध्यान गएको छ ।’

उनले मधेश प्रदेश निर्माणाधीन क्रिकेट रङ्गशालाहरु सम्पन्न गर्नको लागि समेत सरकारले योजना बनाइरहेको बताए । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update