राजावादीले गरे काठमाडौँ उपत्यका बन्दको आह्वान

काठमाडौँ । सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै राजावादी समूहले भोलि (जेठ १९ गते सोमबार) काठमाडौँ उपत्यका बन्दको आह्वान गरेको छ ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै बन्दलाई सघाउन आह्वान गरेका छन् । विज्ञप्तीमा शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले गरेको बर्बर दमनको भत्सर्ना गर्दै धरपकडको विरोध गरेको छ । साथै पक्राउ परेकाहरुलाई रिहाइको माग गरिएको छ ।
‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु ।’
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ २०:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय