News 24 Television
नागरिकको सहज सेवामा अड्को थाप्दै यातायात ब्यवसायी

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि गण्डकी प्रदेशसंगै देशभरका सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले नियमावली खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन थालेका छन् । 

उनीहरुले सार्वजनीक यातायातलाई नै प्रभावित गर्न सरकार नै लागि परेको भन्दै आफुहरुको ७ बुदे माग तत्काल कार्यान्वयन नगरे व्यवस्था नै पल्टाउने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

उनीहरुल्े गण्डकीमा अनिश्चितकालिन हड्ताल जारी राखेका छन् भने सोमबारदेखि काठमाडौं देशैभर यातायात ठप्प पार्ने घोषणा गरेका छन् । एक रिपोर्ट ।
सार्वजनीक यातायातलाई प्रभावित पर्ने गरी गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएको भन्दै १६ गतेदेखि नै गण्डकीका यातायात व्यवसायी आन्दोलनमा छन् । प्रदेश भित्र सार्वजनिक सवारी थन्क्याएर आन्दोलन जारी राख्दा संघीय राजधानी काठमाडौंमा पनि शनिवारदेखि ब्यवसायीहरु आन्दोलिन भएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, ०८२ जारी गर्दै राजपत्रमा प्रकाशित गरिसकेको छ भने अन्य प्रदेशमा पनि नियमावली पारित गरिँदैछ । 

बाग्मती प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ऐन फिर्ता नभए जेठ १९ देखि देशब्यापी रुपमा नै आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । 

काठमाडौं लगायतका शहरहरुमा राइड शेयरिङ सञ्चालन भएको वर्षौं भइसक्दा पनि कानून बन्न सकेको थिएन ।

कानून बन्न नसक्दा भाडाका सवारी र राइड शेयरिङ कम्पनीबाट सञ्चालिन सवारीबीच बेला बेलामा तनावको स्थिति हुँदै आएको छ । 

सरकारले नै निजी सवारीले पनि यात्रु बोक्न सक्ने गरी राइड शेयरिङ नियमावली नै ल्याएपछि सार्वजनीक यातायात ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । सार्वजनिक सवारीको सेवा प्रभावकारी नहुँदा पछिल्लो समय नागरिकल राइड सेयरीङ एपलाई उपभोग गर्ने क्रम बढिरहेको छ । राइड सेयरीङ एपको उपयोग बढेपछि प्रदेश सरकारले पछिल्लो समय ती एपलाई पनि कानुनी दायर भित्र ल्याउनका लागि कानुन निर्माण गरेका हुन् ।

यसअघि कालो नम्बर प्लेटका सवारीले मात्रै यात्रु बोक्न आउने कानून प्रावधान थियो । अब निजी सवारीले पनि यात्रु बोक्न पाउने प्रावधानले ब्यवसाय संकटमा पर्ने उनीहरुको भनाई छ । 

बस ब्यवसायी मात्र होइन, ट्रक ब्यवसायीहरु पनि उस्तै मर्कामा छन् । भारतीय ट्रकले नेपाली ट्रक व्यवसायीलाई मर्कामा पारिरहेका बेला पछिल्लो समय चिनियाँ ट्रक पनि नेपालमा प्रवेश भइरहेको र त्यसले नेपाली ट्रक व्यवसाय नै धरापमा परेको ब्यवसायीहरुको गुनासो छ । 

सरकारले चाँडै नेपाली व्यवसायीहरुलाई संरक्षण गर्न जरुरी रहेको पनि उनीहरुको भनाइ छ । 

नेपालमा भारतीय र चिनियाँ गाडिले सामान ढुवानी गर्दा नेपाली ट्रक ब्यवसायीहरु मर्कामा परेका छन् । व्यवसायीहरुको जायज मागका बिषयमा सरकार गम्भिर हुनु नै पर्छ तर नागरिकको सहज सेवालाई नै निषेध गर्ने गरी मागहरु तेर्साउनु जायज होइन । आज संसारका विभिन्न देशहरुमा राइड सेयरिङ सुविधा रहेको छ । 

त्यसैले सार्वजनिक यातायात ब्यवसायीहरुले पनि नागरिकलाई सहज सेवा दिने गरी प्रविधिहरुको भरपुर प्रयोग गर्न आवश्यक छ । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update