
काठमाडौं । आइसीसी लिग–२ को निर्णायक सिरिज खेल्न स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोली लयमा देखिएको छ । सोमबार राति सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्ड माथि एक विकेटको अविश्वसनीय रोमाञ्चक जित निकाल्न सफल भयो । असाधारण ब्याटिङ गर्दै करण केसी चम्किएपछि नेपालले हार्नै लागेको खेल जित्यो ।
पछिल्लो समय लिग–२ मा कमजोर प्रदर्शन गरिरहेको नेपाली टोलीले आफ्नो एकदिवसीय इतिहासकै लामो स्कोर भेट्टाउँदै नयाँ स्वाद लिन सफल भएपनि लिग–२ को मान्यता जोगाउनुपर्ने चुनौती छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला स्कटल्याण्डमा छ । लिग–२ र टि–२० सिरिजका लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले लिग–२ का खेल खेल्न सुरु गरिसकेको छ । घरेलु टोली स्कटल्याण्ड, नेदरल्याण्ड र नेपाल सहभागि सिरिज नेपालका लािग निकै महत्वपुर्ण छ ।
इग्ल्याण्डमा दुई साता अभ्यास गरेको नेपाली टोलीलाई लिग–२ सिरिजमा हार्ने छुट छैन् । अंक तालिकाको पुछारको एकस्थान माथि रहेको नेपालले पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको छ । स्कटल्याण्डले दिएको २ सय ९७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४९.५ बलमा ९ विकेट गुमाएर लक्ष्य भेट्याउँदा करण केसी नायक बने ।
करण बने नायक
मध्यक्रमका व्याट्सम्यानले अनपेक्षित प्रदर्शन गरेपछि मैदानमा रन जोड्ने जिम्मेवारी करण केसीको काँधमा आयो । प्राय असम्भव भनिएका खेलमा जम्ने खुबी राख्दै आएका करणले स्कटल्याण्ट विरुद्धको खेलमा पनि त्यस्तै नायकी प्रदर्शन गरे । ६५ रनको प्रेरणादायी प्रदर्शन गरेका करणले नेपाललाई जित मात्रै दिलाएनन् नेपालले इतिहासकै उच्च स्कोरको लक्ष्य भेट्टाउँदै जितको रेकर्ड समेत कायम गर्न सफल भयो ।
स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्यमा एक विकेटको जित हासिल गरेको नेपाली टोलीका लागि करण नायक सावित भए । ब्याटिङ मात्रै नभएर करणले बलिङमा समेत १० ओभर गर्दै ४३ रन खर्चिएर २ विकेट लिन सफल भए । बलिङ र व्याटिङमा कमाल प्रदर्शन गरेका करण खेलको प्लेयर अफ दी म्याच समेत बने । भ्यालेन्टाइनडे ब्वाईका नामले समेत परिचित करणको जाँदुमयी प्रदर्शनको नेपाल मात्रै होइन् विश्वभरीका क्रिकेट समर्थकले प्रशंशा गरेका छन् । विश्व क्रिकेटको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपालको जितलाई प्राथमिकताका साथ प्रशंसा गरेको छ भने नेपाली समर्थक मैदान भित्रै पुगेर करणलाई काँधमा बोकेका छन् ।
गुल्शनको साहसिक प्रदर्शन
राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार अलराउन्डर गुल्शन झाले स्कटल्याण्ड विरुद्ध साहसिक प्रदर्शन गरे । एकफर्तबाट विकेट गिर्दै गएको अवस्थामा सम्हालिएका गुल्शनले ३० बल खेल्दै ४२ रनको योगदान दिए । उनको ४२ रनको मद्दतमा नेपाल जिततर्फ उन्मुख भएको थियो ।
पछिल्लो समय युवा स्टारको छवि बनाएका गुल्शनले निरन्तर टोलीमा स्थान बनाउँदै आएका छन् । यस्ता खालको सुधारिदो प्रदर्शनले उनमा थप हौसला र जिम्मेवारी बढ्दै गएको छ ।
कुशलको कशल पारी
नेपाली टोलीका ओपनर कशुल भुर्तेलले स्कटल्याण्ड सिरिजको पहिलो खेलमा कुशल पारी खेलका छन् । अर्धशतकीय इनिङ खेलेका उनले ४४ बलमा ५३ रनको योगदान दिए । उनको उत्कृष्ट सुरुवातमा नेपाली टोलीले अन्तिमसम्म लडाईँ लड्न सफल भयो र जितको उत्सब मनायो । पछिल्लो समय डकआउटको सिकार भइरहेका भुर्तेल लयमा फर्किनु नेपाली टोलीका लागि सकरात्मक पक्ष मान्नु पर्छ ।
चलेन दिपेन्द्र, सन्दीप र आरिफको जादु
चार बर्षपछि उपकप्तानको जिम्मेवारीमा फर्किएका दिपेन्द्रसिंह ऐरीले स्कटल्याण्ड सिरिजको पहिलो खेलमा कमजोर पदर्शन गरेका छन् । नेपाली क्रिकेट समर्थकले उपकप्तान दिपेन्द्रबाट ठुलो अपेक्षा राख्ने गरेका छन् । नेपाली क्रिकेटमा टाइगर उपनामले परिचित दिपेन्द्रले स्कटल्याण्ड विरुद्ध २३ बलमा ८ रन प्रहार गर्दै कमजोर प्रदर्शन गरे ।
मध्यक्रमका भरपर्दा ब्याटर अलराउन्डरमा परिचित दिपेन्द्रले पहिलो खेलमा कमजोर प्रर्दशन गरेपनि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नु नेपाली टोलीका लागि फाइदा हुनेछ ।
नेपाली टोलीका पुर्वकप्तान तथा विकेट टेकर बलर सन्दीप लामिछानेले समेत सोचेअनुसार प्रदर्शन गर्न सकेनन् । मध्यम बलिङ गरेका सन्दीपले १० ओभर बलिङ गर्दै ४४ रन खचिएर एक विकेट मात्रै लिए । पछिल्लो समय सन्दीपले आफ्नो लय समात्न सकिरहेका छैनन् ।
यस्तै मध्यक्रमका भरपर्दा अर्का व्याट्सम्यान आरिफ शेखले समेत खेल कौशलता देखाउन सकेनन् । १५ बल खेलेका उनले ७ रन मात्रै बनाउन सके ।
मुख्य्रशिक्षक स्टुआर्टको असली परीक्षा शुरु
नेपाली राट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हालेका मुख्य प्रशिक्षक स्टुआर्ट ल को खास परीक्षा शुरु भएको छ । लिग–२ अन्र्तगतको स्कटल्याण्डसँगको खेलबाट स्टुआर्टले नेपाली टिमको प्रशिक्षकका औपचारिक कमाण्ड सम्हालेका हुन् ।
नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो खेलमा नै जित निकाल्न सफल भएपछि उनका लागि समेत विशेष बनेको छ ।
पछिल्लो समय नेपाली टोलीको कमजोर प्रदर्शन र लिग –२ जोगिने नजोगिने अन्योलतका बीच् नेपाली टोली सम्हाल्न पुगेका स्टुआर्ट माथि चुनौतीका चाङ छन् । लिग–२ को मान्यता जोगाउनु उनका लागि पनि सफलताको विषय बन्नेछ । उनकै रण्नीति र निर्देशनमा नेपाली टोलीले आगिम दिनको यात्रा अघि बढाउनेछ ।
पहिलो खेलमा जितको स्वाद चाखेका स्टुआर्टकोको असली परिक्षा सुरु भएको छ । प्रशिक्षक स्टुआर्टका लागि यो श्रृंखला आफ्नो रणनीति उपयोग गर्ने अवसर पनि हो । स्टुआर्ट स्कटल्याण्डको पिच र खेलको बारेमा जानकार मानिन्छन् । सम्वभतः यही कुराले घरेलु टोलीमाथि नेपालले असम्भव जस्तै लक्ष्य पछ्याउँदै जित हात पा¥यो ।
लिग–२ तालिका कस्तो ?
आइसीसी विश्वकप लिग–२ मा नेपालले स्कटल्याण्डलाई पराजित गर्दै दुई अंक जोडेपछि अंक तालिकाको पुछारबाट सातौँ स्थानमा उक्लिएको छ । आठ टोली सहभागि लिग–२ को सातौ स्थानमा पुगेको नेपालका लागि बाँकी खेलहरु जित्नै पर्ने दबाब छ । १३ खेलमा ८ अंक जोडेको नेपालको पहिलो लक्ष्य लिग–२ को मान्यता जोगाउनुपर्ने हो ।
दोस्रो, नेपालले लिग–२ को मान्यतासंगै एकदवसीय विश्वकपको ग्लोवल क्वालिफायरमा स्थान बनाउनु हो । यी दुबै सफलता हात पार्न नेपालले अझ मेहनत गर्दै चट्टान फोड्नु पर्नेछ । एकदिवसीय विश्वकप क्वालिफायर खेल्न शीर्ष चारमा स्थान बनाउनुपर्ने हुन्छ ।
२० खेलमा २८ अंक सहित अंकतालिको शिर्ष स्थानमा अमेरिका छ । दोस्रो स्थानमा रहेको नेदरल्याण्डस्को २० खेलमा २६ अंक छ । यस्तो अवस्थामा नेपालले शिर्ष दुईमा रहँन बाकी सबै खेल जित्नुको विकल्प छैन । लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्न पाउने व्यवस्था छ । तर नेपाली टोली लिग–२ को मान्यता जोगाउनु पर्ने चुनौतिको पहाडमा उभिएको छ । अन्य टोली भन्दा कम खेल खेलको नेपाली टोलीले अब जितलाई केन्द्रमा राखेर खेल्नुपर्र्नेछ । नेपालले बुधबार नेदरल्याण्डस्सँग प्रतिष्पर्धा गर्नेछ ।