News 24 Television
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम  भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम भइरहेको बताएका छन् । 

पूर्वाधार विकास समितिमा मंगलबार उपप्रधानमन्त्री सिंहले सम्भावित जोसख रहेका ठाचउँहरुमा अहिले काम भइरहेको बताए । 

समितिमा  वर्षातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक,पुल र बेली ब्रिज लगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए ।

2-1749027425.jpg
‘विगतका घटनाबाट पाठ सिक्नतुपर्छ । नदि समयमा सफा गर्नुपर्छ । उपत्यकामा नदिको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ । अधिकारसम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदिमा काम शुरु गरिसकेको छ,’ उनले भने। उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक शतर्कता अपनाइने पनि बताए । बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र,बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । 

अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदिबाट गेग्रान हटाउने काम भइरहेको छ ।  समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरि आउने विपद्को लागि आवश्ह्यक शतर्कता अपनाइएको बताए । उनले विपद् हेर्नेगरि प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरुमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए। सचिव सिग्देलले अघिल्लो वर्षको बाढीइले क्षति पुगेका १० वटा झोलुंगे पुलको निर्माण कार्य सकिएको बताए।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update