News 24 Television
सुनिताको ‘पावर’ले राजुनाथ आउट, एक्लिए बालेन !

काठमाडौँ । काठमाडौँ महानगरका मयेर बालेन शाह शक्तिहीन बन्दै गएका छन् । उनी राजनीतिक र प्रशासनिक तवरले पनि एक्लिँदै जाँदा शक्तिहीनतातर्फ उन्मुख भएका हुन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित बालेनले केन्द्र सरकारको विरोध, शिक्षा र स्वास्थ्य क्षेत्रमा केही उदाहारणीय कार्य गर्दा जनतामाझ लोकप्रियता कमाएका थिए । यद्यपि पछिल्लो समय भने उनी सार्वजनिक सवाल र चासोप्रति गम्भीर नबन्दा आलोचनाको केन्द्र बन्दै आएका छन् । 

उनी बजेट निर्माण गर्नुपर्ने बाध्यात्मक परिस्थिति नजिक हुँदा पनि महानगर कार्यपालिकाको बैठक बोलाउन चासो दिइरहेका छैनन् । बालेनले पाँच महिनायता कार्यपालिका बैठक बोलाउन नसक्दा आलोचना चुलिँदो छ । स्थानीय तहहरुले असार १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर अझैसम्म काठमाडौं महानगरले बजेटको प्राथमिकताहरु निर्धारण गर्न सकेको छैन । बालेन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँगको इगो र कार्यपालिकामा अल्पमतमा परेकाले बैठक बोलाउन हिचकिचाइरहेको बताइन्छ । 

राजुनाथ आउट हुँदा बालेनलाई धक्का !

बालेनको कार्ययोजना र नीति कार्यान्वयनमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे पनि उत्तिकै सहयोगी थिए । तर महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिदिएका छन् । जसले बालेनलाई अझ ठूलो धक्का पु¥याएको छ । प्रहरी प्रमुख पाण्डे फुटपाथ व्यवस्थापन र अन्य राजनीतिक मुद्धाहरुमा पनि बालेनको रक्षार्थ अग्रमोर्चामा खटिँदै आएका पात्र हुन् । 

साथै उनले बालेनको निर्देशनलाई नै सँधै मुख्य जिम्मेवारीका रुपमा लिँदै आएका थिए । तर अब उनी ६ महिनाका लागि नगर प्रहरी प्रमुखबाट बाहिरिएका छन् । जसले बालेनलाई अझ शक्तिहीनतातर्फ धकेलेको छ । यस्तै मेयर बालेनसहँग उपप्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारहीरु समेत असन्तुष्ट छन् । जसले बालेनलाई अझ संकट थपेको छ ।


सुनिताको ‘पावर’ले राजुनाथ आउट !

 पछिल्लो समय महानगरका मेयर बालेन शाह र उपप्रमुख सुनिता डंगोलबीच टसल जारी छ  । यस्तैमा सुनिता बालेनविरुद्ध अनेकौँ रणनीति बुनिरहेकी छन् । उनले बालेनको चरित्र र अनेकाँै कदमविरुद्ध खुलेरै आलोचना गरिरहेकी छन् । एमालेको कार्यक्रमहरुमा पनि मञ्चमै उभिएर सुनिताले बालेन प्रवृत्तिमाथि आलोचनात्मक टिप्प्णी गर्दै आएकी छन् । उनले केही साता अघि मात्रै नेतृत्वमा युवा मात्रै नभइ विचार मै युवापना हुनुपर्ने भन्दै बालेनको आलोचना गरेकी थिइन् ।  

यता महानगर प्रहरी प्रमुखबाट राजुनाथलाई कारवाही गर्न पनि सुनिताकै भित्रि सक्रियता रहेको टिप्पणी भइरहेका छन् । गत चैत २१ गते सरकारले काठमाडौं महानगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्न दिने र नदिने विषयमा बालेन–सुनिताबीच संघर्ष चलेको थियो । यस्तैमा सुनिताले गुरागाईँलाई प्रवेश गराउने पक्षको नेतृत्व नै लिइन् । तर बालेनको आदेश अनुसार प्रहरी प्रमुख पाण्डेले भने सुनिता र गुरागाईँलाई नै रोकेका थिए । 

यद्यपि अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरु समेतको बलमा ताला नै फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराइएको थियो । यसपछि गुरागाईंले आफ्नो कार्यकक्षमा प्रवेश गर्दा अवरोध गरेको भन्दै प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण मागे । यस विषयमा नै चित्त बुझ्दो जवाफ नआएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि कारवाही गरेका हुन् । पाण्डे निलम्बनमा परेसँगै एसपी विष्णु जोशीले महानगरको कमाण्ड सम्हाल्नेछन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update