News 24 Television
चल्न सकेन संसद, विपक्षीको विरोधपछि भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि चल्न सकेन । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध जारी राखेपछि आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।  

यसअघि मंगलबार र बुधबारको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । रास्वपा, माओवादी केन्द्र, राप्रपा लगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागसहित संसद अवरोध गर्दै आएका छन् । 

संसदको अवरोध खुलाउने बारे सभामुख देवराज घिमिरेले पटकपटक सत्ता पक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरुसँग पटकपटक छलफल गरे पनि सफल भएनन् । बिहीबार पनि रास्वपा र काँग्रेसका केही सांसदबीच अवरोध हटाउनेबारे छलफल भएको थियो । तर सहमति जुट्न सकेन ।

अवरोध नहटेपछि सभामुख घिमिरेले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update