News 24 Television
संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किए : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । उनले विभिन्न विधेयकहरूलाई कानूनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए ।

सभामुख घिमिरेले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गरेका छन् । 
उनले  संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे ।  

“गाउँघरतिर एउटा उखान छ, म पछार्न न पछार्ने थिए तर मलाई खुट्टै टेक्न दिएन । थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनको लागि हामी तल्लीन छौँ, त्यो गर्न सकिन्छ र गर्छौ पनि । तर, संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको छ,’ उलने भने, संसद नै चल्न नसकेको अवस्थामा सङ्घीय निजामती सेवासम्बन्धी ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन अड्किएर बसेको छ, थुप्रै कुराहरू अड्किएका छन् ।’

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update