
काठमाडौं । गणेशमान सिंह स्मृति भवनका लागि विनियाेजित बजेट तरूण दल भवनका लागि भन्दै विज्ञप्ति जारी गरेकाे नेपाल तरूण दलले आफ्नाे भनाइ सच्याएकाे छ ।
तरूण दलका अध्यक्ष विद्वान गुरूङले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो अघिल्लाे विज्ञप्ति सच्याएका हुन् । उनले तरूण दल भवन नभई तरूण दलकाे आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि बजेट विनियोजन भएकाे बताएका छन् ।
शहरी विकास मन्त्रालयले आव ०८२/८३ काे बजेटमा `काठमाडौं महानगरपालिका वडा नं १३ गणेशमान सिंह स्मृति भवन निर्माण´ का लागि ३ कराेड बजेट विनियाेजन गरिएकाे छ । साे भवन युवाहरूकाे सशक्तीकरण, क्षमता विकास र सीप विकासकाे काममा प्रयाेग हुने बताइएकाे छ ।
`नेपाल तरूण दलकाे आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि ३ कराेड विनियाेजन भएकाेमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूप्रति आभार व्यक्त गर्दछाैं,´ अध्यक्ष गुरूङले विज्ञप्तिमा आफ्नाे अघिल्लाे भनाई सच्याउँदै भनेका छन्, `युवाहरूकाे सशक्तीकरण, क्षमता विकास र सिपयुक्त तालिम सञ्चालन सहित नेतृत्व विकासका लागि साे भवनले याेगदान पुग्ने विश्वास लिएका छाैं । युवाहरूकाे हकहित, क्षमता विकास र प्रतिभा प्रवर्द्धनका लागि तरूण दलकाे आग्रहमा भवनका लागि बजेट विनियाेजन भएकाे विषयलाई अन्यथा ढँगबाट गलत प्रचारनगरिदिनुहुन अनुराेध गर्दछाैं ।´