आज पनि चल्न सकेन संसद, बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्रीको राजीनामा माग गरी विपक्षी दलहरुले निरन्तर अवरोध गर्दा आज पनि प्रतिनिधिसभा बैठक बस्न सकेन ।
सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ मिनेट पनि चलेन । सहमति जुटाउन भनी सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेको बैठक पुनः बस्न सकेन ।
बैठक बस्ने वातावरण नै नबनेपछि सभामुख घिमिरे सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । संसदको अवरोध हटाउन दलहरुबीच विभिन्न प्रस्ताव र विकल्पमा सहमतिको प्रयास भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय