
काठमाडौं । पञ्चायत र निरंकुशता बिरुद्धको लडाईंमा जेल नेल खाएको बताउने एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी भित्र भने तानाशाह बन्दै गएको गुनासो पार्टीभित्रै चल्ने गरेको छ ।
जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त चर्चा गर्ने एमाले अध्यक्ष ओली आफैले ब्यवहारतः च्यातचुत पारेका छन् । पार्टीको जिल्ला अधिवेशनदेखि भ्रातृ संगठनको महाधिवेशनमा पनि ओलीले टिके प्रथालाई जोड दिइरहेका छन् । पछिल्लो समय पार्टी संगठनमा दुःख गरेका भन्दा पनि ओलीको चाकडी गर्नेहरु नै पार्टी भित्र हाबी बनिरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई पार्टी सिद्धान्त अनुसार भन्दा पनि प्राइभेट कम्पनी अनुसार सञ्चालन गरी रहेको आरोप लाग्ने गरेको छ । ओलीले १० औं महाधिवेशनपछि जिल्लादेखि प्रदेश र भातृ संगठनहरुमा पनि आफैले नेता तोक्ने र जबरजस्ती टीका लगाउन लगाउने गरेका छन् । तर ओलीको यहि शैलिका कारण नेता तथा कार्यकर्ताहरु भने पछिल्लो समय बिचलित देखिन्छन् ।
ओलीले सकेसम्म आफुले खडा गरेको उम्मेदवारका बिपक्षमा अरुलाई खडा हुनै नदिने र भई हाले घोचपेच संगै धाकधम्की देखाउने गरेका छन् । यतिसम्मकी पछिल्लो समय ओलीले पार्टी भित्रकै उपल्लो तहमा रहेका नेतादेखि पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीसमेतलाई लर्कान थालेका छन् । ओलीसँग प्रतिस्पर्धा गरेकै कारण भीम रावलले कारबाही भोगे । विवादित व्यापारी मीनबहादुर गुरुङसंग पार्टी कार्यालय बनाउन जग्गा दानमा लिएको बिषयको आलोचना गरेकै कारण उषा किरण तिमल्सेना र डा. विन्दा पाण्डे पनि कारबाहीको भागीदार बने ।
ओलीको यो प्रवृतिलाई पार्टी भित्र तानाशाहाको रुपमा व्याख्या शुरु भइसकेको छ । पछिल्लो समय एमालेका दोस्रो तहका नेताहरुले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्काउन लबिङ्ग गरिरहेका बेला ओलीले भण्डारीदेखि दोस्रो तहका नेताहरुको समेत अपमान गर्ने गरेका छन् । ओलीको यो शैली निरंकुश, स्वच्छाचारी र अत्यन्तै अहंकारी पुर्ण भएको एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियान गठन गरेका भीम रावलको टिप्पणी छ ।
अध्यक्ष ओलीले आफू नजिकलाई टिका लगाइदिने परिपाटीको पछिल्लो समय काउण्टर शुरु भएको छ । आफै संस्थापक अध्यक्ष रहेको युवा संघको नेतृत्व समेत ओलीले चुन्न पाएनन् ।
राष्ट्रिय युवा संघको केही दिन अगाडि पोखरामा सम्पन्न भएको महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व चयन गरियो । अहिले विद्यार्थी संगठनमा त्यो अवस्था आउन नदिने योजनामा ओली छन् । कीर्तिपुरमा जारी अनेरास्ववियुको २४ औं महाधिवेशनमा ओलीले जबरजस्त रुपमा डा. सुजन कडरीयालाई अघि सारेका छन् । तर महाधिवेशन प्रतिनिधिहरुले ओलीको जबरजस्तीका बिरुद्ध जेहाद छेडेका छन् ।
जसका कारण निर्वाचन कार्यक्रम अघि बढाउन निर्वाचन समिति बाध्य भएको छ । तर पनि ओलीले कडरियालाई अध्यक्ष बनाउन बलजफ्ती गर्न भने छाडेका छैनन् । पछिल्लो समय ओलीविरुद्ध पार्टी नेताहरु पनि झोले बन्ने कि नबन्ने भनी कित्ताकाट भएको देखिन्छ । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि पूर्व राष्ट्रपति विद्या भण्डारीले समेत सार्वजनिक मञ्चबाटै ओलीको अभिब्यक्तिको प्रतिवाद गरेका छन् । ओलीको अभिब्यक्ति दम्भ र अहमतापूर्ण रहेको नेता रावलको तर्क छ ।
ओली, प्रचण्ड र माधवको टसल हुँदा २०७४ सालमा एक भएको नेकपा तीन टुक्रामा विभाजीत बन्न पुग्यो । त्यसपछि एमालेमा ओलीले आफुपर्ती असहमती राख्ने नेताहरुलाई खुलेरै बिरोध गर्ने, पार्टीकै फोरममा छिर्के हान्र्दै अपमान् गर्ने गरेका छन् । यहि कारण एमालेमा गुम्सीएर बसेको आवाज विकल्पाको खोजीमा बिस्फोर्ट तर्फ अगाडि बढ्ने खतरा बढेको छ ।