News 24 Television
आज पनि चल्न सकेन संसद बैठक, बिहीबारसम्म स्थगित

काठमाडौँ । गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरण पेचिलो बन्दै जाँदा आज पनि संसद बैठक बस्न सकेन ।

प्रतिपक्षी दलहरुको अवरोध कायमै रहेपछि आज (बुधबार)का लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । 

सत्तापक्ष र विपक्षका दलहरुबीच संसदको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेसहितले छलफल जारी राखे पनि सहमति जुट्न सकेको छैन । बुधबार पनि सहमति नजुटेपछि बैठक भोलि (विहीबार)सम्मका लागि स्थगित गरिएको छ ।

एक बजेका लागि बोलाइएको बैठक केही समय पर सारेर सुरु भए पनि विपक्षीहरुको नाराबाजीका कारण बैठक अघि बढ्न सकेन । त्यसपछि सभामुखले बैठक स्थगित भएकाे जानकारी गराए । 

भिजिट भिसा प्रकरणको स्वतन्त्र छानबिन तथा गृहमन्त्री रमेश लेखकको राजीनामा माग राखी प्रतिपक्षी दलहरुले संसद अवरोध जारी राखेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update