News 24 Television
संवैधानिक नियुक्ति विवादको फैसला असार १८ मा हुने

काठमाडौँ । बहुप्रतीक्षित संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज नआउने भएको छ । 

न्यायाधीशहरुबीच मत नमिलेको कारण देखाउँदै अब उक्त फैसला आउँदो असार १८ गते हुने जानकारी दिइएको छ ।

विभिन्न ५२ पदाधिकारी नियुक्तिसम्बन्धी विवादको सुनुवाई वर्षौं ढिला गरेर एक महनाअघि नै सकिएको भए पनि आज (जेठ २८)का लागि फैसला सुनाउने मिति निर्धारित थियो । तर संवैधानिक इजलासका न्यायाधीशहरूको छलफल नसकिएकाले र मत बाझिएकाले फैसला मिति सारिएको हो ।

संवैधानकि इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदी रहेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update