अहमदावादमा एयर इन्डियाको विमान बस्तीमै खस्यो

काठमाडौँ । पश्चिमी भारतीय राज्य गुजरातको एक विमानस्थलबाट बिहीवार उडान भरेको केही समयपछि एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।
रिपोर्टका अनुसार विमान भारतबाट बेलायत जाँदै थियो । स्थानीय सञ्चारमाध्यमको फुटेजमा विमानस्थल नजिकै आकाशमा बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ ।
एयर इन्डियाको उक्त दुर्घटनाग्रस्त विमानमा करिब २४२ यात्रु रहेको र तीमध्ये ६१ जना विदेशी नागरिक रहेको जनाइएको छ । जसमा बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र एक जना क्यानडाका नागरिक रहेको भारतीय भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
विमान बस्तीमै खसेकोले थप क्षति भएको बताइन्छ । एक डाक्टरहरू बस्ने होस्टेलको छतमाथि नै विमान खसेको देखिन्छ । क्षतिको वास्तविक विवरण आइसकेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी भएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय