News 24 Television
संसद अवरोध गर्नुको औचित्य छैन, षड्यन्त्र गर्न लागेका छन् : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केही समययता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गर्दै उनले केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताए । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको उनकाे भनाइ छ ।

गृहमन्त्री लेखकले भने, ‘केही समयदेखि संसद अवरोध भएको छ । यो संसदको अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । संसदको अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’

गृहमन्त्री लेखकले संसदको अवरोध चाँडै हट्नुपर्ने समेत बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update