News 24 Television
आलमलाई सफाइ दिने न्यायाधशीमाथि मोसो प्रहार, ३ जना पक्राउ 

काठमाडौं । उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि बिहीबार कार्यकक्षमै  मोसो प्रहार भएको छ । 

नेकपा बहुमत सम्बद्ध युवाहरूले रौतहटका पूर्वसांसद मोहम्मद अफ्ताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसलाप्रति आक्रोश व्यक्त गर्दै न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका छन् । प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । 

कांग्रेस नेता आफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीशमध्ये खुशीप्रसाद थारुमाथि मोसो प्रहार भएको हो । विहिवार दिउँसो न्यायाधीश थारुको कार्यकक्षमै पुगेका मोसो प्रहार भएको थियो । 

उनलाई मोासो प्रहार गर्ने नेकपा बहुमत सम्बन्ध रहेको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, मोसो प्रहार गर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन् । 

उनीहरु तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कांग्रेस नेता आफताव आलममाथि २०६४ चैत २७ मा रौतहटको राजपुरमा बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँटाभट्टामा जलाएको गम्भीर आरोप थियो । 

सोही मुद्दामा जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । तर, उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते विस्फोट र हत्याको ठोस प्रमाण नभेटिएको भन्दै आलमलाई सफाइ दिएको थियो । यो फैसलाले पीडित परिवार र आम नागरिकमा आक्रोश पैदा गरेको थियो भने धेरैले उच्च अदालतका न्यायाधीशद्वयको फैसलामाथि टिप्पणी गरेका थिए । 

न्यायाधीश खुशीराम थारु 

आलमलाई सफाइ दिएपछि न्यायाधीशद्वय थारु र महर्जनको आलोचनामा सामाजिक सञ्जालहरु रंगिएका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खुलेरै न्यायाधीद्वयको फैसलाको विरोध गर्दै कडा प्रतिक्रिया दिएका थिए । न्यायाधीशहरुले कलंकको कालो टिका लगाएर न्यायालय नै कलंकित पारेकको उनको टिप्पणी थियो । 

खुशीप्रसादले विशेष अदालतमा रहँदा विजयकुमार गच्छेदारको मुद्दामा सफाई दिएका थिए । त्यस्तै आलमलाई सफाइ दिने फैसलाका न्यायाधीश अर्जुन महर्जन माओवादी निकट अधिवक्ता हुँदै पछि उच्च अदालतको न्यायाधीश बनेका हुन् । 

नेकपा बहुमतको आतंक 

धमेन्द्र बास्तोला नेत्तृत्वको नेकपा बहुमत पार्टी विभिन्न कारणले बदनाम हुँदै आइरहेको छ । यो पार्टी सम्बन्ध व्यक्तिहरु चन्दा असुली, व्यक्तिमाथि दुरव्यवहार गर्ने, धम्क्याउने जस्ता हरकतमा संलग्न हुँदै आइरहेका छन् । 

यो पछिल्लो घटना पनि यसैको उद्धाहरणको रुपमा लिन सकिन्छ । न्यायालयबाट हुने यस्ता न्यायिक प्रक्रियामाथि प्रश्न उठाउँदै जनस्तरमा अदालतमाथि विश्वासको कमी आएको पक्कै हो तर नेकपा बहुमत सम्बन्धहरुले थारुमाथि गरेको मोसो प्रहार अराजकता, कानूनको धज्जी उडाउने र राज्यमा आतंक मच्चाउने घृणित कुकृत्य हो ।

कानून हातमा लिने र राज्यमाथि धावा बोल्ने यस्तो शैलीले देशमा अराजकता मच्चाउने बाहेक अरु केही पनि हुँदैन । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update