
काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसदमा कानून निर्माण भइरहेको बताएका छन् ।
ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानूनहरु संसदमा छलफलका क्रममा रहेको जिकिर गरे ।
कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पुर्याउन र कार्यान्वयन गर्न आवश्यक रहेको भन्दै उनले अहिले पत्रकारितामा के साँचो र के झ्टो भन्ने कुरा छुट्याउन कठिन भइरहेको बताए । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहमा चुनौती आइरहेका पनि उनले बताए ।
सभामुख घिमिरेले भने, ‘सूचनाको हक, वाक स्वतन्त्रताको हक, हाम्रो प्रेसलाई व्यवहारिक बनाउने अहिले नै पनि विभिन्न कानूनहरु हाम्रो संसदमा नेपालको सन्दर्भमा आइरहेका छन् । ति कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पु¥याउने र निर्णय कार्यान्वयन गर्नको लागि पनि, सरकारको नियन्त्रणमा नरहोस् भन्नका लागि आवश्यक हुन्छ । अहिले पत्रकारितामा के साँचो हो र के झुटो हो ? भन्नेकुरा छुट्याउन गाह्रो भइरहेको छ । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा आइरहेका चुनौतिमा आर्थिक समस्याको समाधान गर्नको लागि पुरानो प्रणालीमा रहेको पत्रकारिता रेडियो नेपाल वा अखबारी प्रेसमा छापिने कुराहरुसँग अहिले एआई जस्ता अहिलेको प्रविधिले गर्दा यसले सच्चाई के हो भन्ने बुझ्न सच्चाई कुराहरु लैजान गाह्रो परिरहेको बेलामा राज्यले यस्ता कुराहरुको संरक्षण गर्न आवश्यक नीति बनाउनु पर्छ ।’
उनले सञ्चारमाध्यमले आफ्नो मातृभाषाको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको पनि बताए ।