संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर विरोध जनाएका हुन् ।
संसदको कारबाही शुरु गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । तर रास्वपा र राप्रपाले विरोध जनाइरहँदा संसद अवरोध कायमै रह्याे ।
संसदमा सभामुख घिमिरेले संसदमाबोल्ने वातावरण बनाउन आसन ग्रहण गर्न आग्रह गरे पनि २ दलका सांसदले उठेर विराेध जनाइरहे । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने विरोध जनाएन । माओवादीले सत्तारूढ दलहरूसँग २ बुँदे सहमति गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय