
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा सर्वसहमति गर्न पार्टीले दिएको दबाब बिरुद्ध नेतृत्व चयनका लागि निर्वाचन भयो । सर्वसहमति हुन नसकेपछि भएको निर्वाचनमा पनि पार्टीबाट डा. सुजन कडरीयाको पक्षमा मतदान गर्न पार्टी महासचिवले नै ह्वीप जारी गरेको आरोप छ । तर प्रतिनिधिहरुले पार्टीको ह्वीप उलंघन गरेको निर्वाचन मत परिणामले देखायो । विद्यार्थीमा जस्तै दृष्य युवासंघमा पनि देखिएको थियो ।पार्टी नेतृत्वबिरुद्ध तल्लो तहबाटै जनाधार बन्दै गएको देखाएको छ ।
अनेरास्ववियुको निर्वाचनमा जसरी पनि डा. सुजन कडरीलाई अध्यक्ष बनाउनु पर्ने पार्टी महासचिव शंकर पोखरेलको बटम लाइन थियो । उनै पोखरेलले नै ओलीलाई कडरीया अध्यक्ष बनाउनका लागि राजी बनाएका थिए । तर प्रतिनिधिहरुले भने प्रकाश पौडेललाई बोकेका थिए । त्यहिकारण निर्वाचन हुने अवस्थामा पुग्यो ।
निर्वाचन स्वस्थ निर्वाचन गरिएको भनिएता पनि पार्टीको जिल्ला इन्चार्जदेखि अध्यक्ष युवासंघको पनि संस्थापन पक्षले डा. सुजन कडरीयाको पक्षमा मतदान गर्नका लागि महासचिव शंकर पोखरेलले नै ७७ जिल्लामै फोन गरेर निर्देशन दिएका थिए ।
महाधिवेशन स्थलमा पनि पौडेलको पक्षमा भर्खर भर्खर संगठित कार्यकर्ता मात्रै खुलेका थिए भने डा. कडरीयाको पक्षमा पार्टीका केन्द्रीय सदस्यहरु विशेष टाक्स नै लिएर मैदानमै उत्रीएका थिए । प्रकाश पौडेल कडरीयासँग नभै पार्टी संगै निर्वाचन लडेको महाधिवेशन स्थलको दृष्यले देखाउँथ्यो । प्रतिनिधिहरुले पनि पार्टीबाट हस्तक्षेप भएको बताइरहेका छन् ।
पार्टीका कोही पनि नेताहरुको साथ नभई प्रतिनिधिको मात्रै सहयोगमा निर्वाचनमा लडेका पौडेल ७ मतान्तरले पराजित भए ।
केही समय अगाडि पोखरामा भएको राष्ट्रिय युवा संघको महाधिवेशनमा पनि संस्थापन पक्षका उम्मेदवार रहेका क्षितिज थेबेलाई निर्वाचित गराउन जिल्ला जिल्लामा पार्टीबाटै सर्कुलर जारी भएको थियो भने मत समेत फर्जी परेको आरोप लागेको थियो ।
एमालेमा मुलधारको राजनीति गर्ने नेताहरु ओली र शंकरको निर्णय खुलेर आलोचनासमेत गर्न नसकेको बेला भ्रातृ संगठनमा निर्वाचन हुनुले एमालेमा अब चाँडै दुईलाइन संघर्ष हुन सक्ने देखिन्छ । एमाले भित्र ओली प्रवृतिले नेताहरु आजित भइ सकेको एमालेबाट निस्कासीत भएका नेता भीम रावलको टिप्पणी छ ।
नेकपाएमालेको अब हुने ११ औं महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने गरी विद्यादेवी भण्डारीले तयारी गरिरहेकी छन् । पछिल्लो समय एमाले नेताहरु ईश्वर पोखरेल र कर्ण थापासहितकाकेही नेताहरु पार्टी भित्र आलोचनात्मक चेत नभएको भन्दै आएका छन् ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघको निर्वाचनको मत परिणाम र संस्थापन पक्षको उम्मेदवार जिताउन संस्थापन पक्षले लगाएको शक्तिले एमालेमा ओली र शंकर पक्ष कमजोर बन्दै गईरहेको विश्लेषण हुन थालेको छ ।