News 24 Television
संसदमा ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ । असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।

साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रश्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रश्तुत गरेका थिए ।

साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शिर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि आगामी असार ५, ६ र ७ गतेका दिनहरू तोकिएको सभामुख घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update