News 24 Television
'अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ'

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन् । 

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताए । देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या-हिंसा र लुटतन्त्र मौलाउने अवसर पाइरहेको उनकाे भनाइ छ ।

सरकारले यसलाई नियन्त्रण गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको उनकाे टिप्पणी छ । सुनारले आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गरे । अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनल आरोप लगाए । 

उनले भने, “देश प्रगति पथतिर जाने कहिले ? हाम्रो समाज यति धेरै अपराधीकरण भएको छ कि, राम्रो बाटोमा जाला भनेको अधोगति तिर गइरहेको छ । यो के भएको हो ? जता हे¥यो अनियमितता, अपराधीकरण, भ्रष्टाचार र हत्या हिंसा यस्ता लुटतन्त्रले मौलाउने अवसर पाइरहेको छ । यसलाई सरकारले नियन्त्रणले गर्ला भन्यो, स्वयं सरकार नै बिरामी छ । उसले आफ्नै व्यथा हल गर्न सकेको छैन, जनताको व्यथा कसरी हल गरोस् । यो विडम्बनाको कुरा हो । अदालततिर हे¥यौ, त्यो अदालत गन्हाइरहेको सारा जनमानसको भनाइ छ, सरकारतिर हेरौँ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । हामी सधैँ सुशासन, सुशासन, सुशासन भएन भन्छौँ, भएको छ कुशासन ।”  

सकारात्मक सोचसहित सकारात्मक बाटो जानुपर्नेमा जोड दिँदै सांसद  सुनारले सरकार र जनता एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update