ललितपुर महानगरको नीति तथा कार्यक्रम पेश, कलेज अफ आर्ट स्थापना गर्ने

ललितपुर । ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरपालिकाको सातौँ नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि उक्त कलेज स्थापना गर्ने बताएका हुन् ।
उनले भने, ’सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौँ । ’
लोप हुन लागेका सीप र कला संरक्षण सम्बद्र्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय