
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्द उनले यस्तो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री ओली संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराए । अहिलेको प्रणालीको रक्षा गर्नु, संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको उनकाे भनाइ छ ।
आफूमाथि कुनै गाली, अपमान गरेको सहन सक्ने तर शहीदहरुको बलिदान र संविधानप्रतिको अपमान सहन नसक्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान त्यो कुरा नगराैँ । यस प्रणालीको रक्षा गर्नु, यस संविधानको रक्षा गर्नु, यो प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसम्म पु¥याउनु अहिलेको सरकारले आफ्नो कर्तव्य ठान्छ । यस कुरामा कुने कम्परमाइज गर्दैन । राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु । तर शहीद, शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सह्य हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले बोल्दा संयम अपनाएर बोल्न पनि आग्रह गरे । संसदले कुनै पनि कुरालाई हल्का ढंगले लिन नहुने पनि उनकाे भनाइ छ ।