News 24 Television
सरकारको एक वर्ष सफल र उपलब्धिमुलक रहेको एमालको निष्कर्ष

काठमाडौँ ।  नेकपा (एमाले)ले सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धिमुलक भएको निष्कर्ष निकालेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिए ।

सत्तारुढ दलहरु काँग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उनले जानकारी दिए । उनले दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको पार्टीको धारणा रहेको समेत बताए । सडकमा देखिएको विरोधका स्वरहरु कम हुँदै जानु पनि सरकारको सफलता रहेको ज्ञवालीको भनाइ छ । 

उनले भने, ‘पार्टीले सरकारको एक वर्ष सफल भएको निष्कर्ष निकालेको छ । दुई दलबीच भएको सम्बन्ध दलीय र नीतिगत निर्णयमा पनि बलियो हुँदै गएको छ । अर्थतन्त्रमा समेत विस्तारै सुधार हुँदै गएको छ । अर्को सरकारले बनाएको बजेट कार्यान्वयन गर्दा पनि मुुलुकमा जटिलताहरु सल्टाउन सफल भएका छौँ ।’

यद्यपि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको निष्कर्ष समेत पार्टीको निष्कर्ष रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update