News 24 Television
काँग्रेस महाधिवेशन समयमै हुन्छः सभापति देउवा

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन् । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको जिकिर गरे । 

देउवाका अनुसार अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासामा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन हुने बताएका हुन् । देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताए ।

सभापति देउवाले भने, ‘एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । काँग्रेस महाधिवेशन समयमै हुन्छ । कहाँबाट हुनु झुटो कुराहरु हो ।’

सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update