News 24 Television
स्वास्थ्यमन्त्री पौडेलसँग थाई नेपाली समुदायको भेट, पीएनओको चर्चा 

काठमाडौं । जनसंख्या नीति सम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकका लागि थाइल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्यहाँ रहेका थाई नेपाली समुदायसँग समेत भेटघाट गरेका छन् । शुक्रवार रात्री भोजसहितको भेटवार्तामा मन्त्री पौडेलले त्यहाँ रहेका नेपाली समुदायप्रति चासो देखाएका छन् । 

2-1751095409.jpg
विभिन्न क्षेत्रमा स्थापित बनेका थाई नेपालीहरुको सीप र ज्ञानलाई नेपालमा उपयोग गर्न मन्त्री उत्साहित देखिएको थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीले बताए । 

1-1751095530.jpg
त्यस्तै थाई नेपालीमार्फत नेपालमा गर्न सकिने लगानीका विषयमा पनि सकरात्मक छलफल भएको कार्कीको भनाइ छ । मन्त्री पौडेलले थाइल्याण्ड, बर्मा, फिजी, मलेशिया लगायतका देशहरुमा कसरी नेपाली पुगे भन्नेमा पनि जिज्ञासा राखेको कार्कीले जानकारी दिए । 

4-1751095848.jpg
 

थाई नेपाली समुदायले मन्त्री पौडेलमार्फत नेपाल सरकारलाई पीएनओ’ (पिपुल अफ नेपाली) ओरिजिन) परिचय पत्रको माग राख्दै ज्ञापन पत्रसमेत बुझाएको छ । बर्मा, थाइल्याण्ड लगायतका देशमा स्थायी बसोबास गरिरहेका नेपाली समुदायले लामो समयदेखि पुख्र्यौली देशसँगको सम्बन्ध कायम पीएनओ परिचय पत्रको माग राख्दै आएका छन् । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update