News 24 Television
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । आईतवारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए । जसमाथि छलफल भइ मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिए ।

मन्त्रीले जवाफ दिइसकेपछि सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरे। प्रश्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update