News 24 Television
काँग्रेस केन्द्रिय समिति बैठक : १३ वटा एजेण्डामा छलफल

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले १३ वटा एजेण्डासहित केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु गरेको छ । 

सोमवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठकका १३ वटा एजेण्डाहरु छन् । बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्ने क्रम जारी रहेको बताए ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गरेको बताए । उनका अनुसार बैठकमा अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल हुनेछ ।

क्रियाशिल सदस्यता नविकरणको बारेमा, भ्रातृ संगठनहरुले समयमै अधिवेशन गर्न नसकेको विषय, विदेशस्थित जनसम्पर्क मञ्च लगायतका बारेमा पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिए । यसैगरी नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषयमा पनि छलफल हुनेछ ।

महतका अनुसार कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन गरिने विषय पनि रहेको छ । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय पनि छलफलको एजेण्डा बनेको छ । साथै संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिता, समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुने बताए ।

उनले भने, ‘१३ वटा एजेण्डाहरु प्रश्तुत भएका छन् । केन्द्रिय सदस्य साथीहरुले आफ्ना धारणा राख्नुहुनेछ । १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्नुहुन्छ । केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय सभापतिज्युले प्रश्तुत गर्नुभएको छ । सँगै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको छ । अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल गर्नुभएको छ । त्यसको प्रतिवेदन पेश हुन्छ र त्यस उपर पनि छलफल हुन्छ । क्रियाशिल सदस्यता नविकरणको बारेमा छलफल हुन्छ । केही भ्रातृ संस्थाहरुले समयमा अधिवेशन गर्न नसकेको कुरा छ । चैत्र मसान्तसम्म गरिसक्नु भन्ने निर्देशन थियो । त्यसमा केहीले गरे, केहीले गरेका छैनन् । त्यसउपर छलफल हुन्छ । विदेशस्थित जनसम्पर्क समितिको बारेमा पनि छलफल हुन्छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषय छ । कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन हुनेछन् । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय छ । संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिताको बारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुन्छ ।’

प्रवक्ता महतले भ्रातृ संगठनको अधिवेशन हुन नसकेकोमा आफ्नो आफ्नो दृष्टिकोण रहेको बताउँदै यस विषयमा केन्द्रिय समितिले निर्णय गर्ने र बैठक ४/५ दिनसम्म चल्ने बताए । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update