News 24 Television
अनुगमनमा निस्केका मुख्यसचिव भन्छन्– समस्या फिल्डमा देखियो

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका छन् ।

मंगलवार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका हुन् । उक्त निकायहरुमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिए । अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताए । अहिले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन त्यसलाई सरकारले एकीकृत गर्न लागेको अर्यालले बताए ।

उनले भने– ‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो । अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौं ।  यसलाई इन्टिग्रेटेड गरेर सबैलाई व्यवस्थित गर्दैछौं । अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ, अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो । अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो ।’

मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वयता नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुख पाएको बताए । उनका अनुसार तीनतहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको छ । मंगलवारको अनुगमनका क्रममा देखिएका केही समस्यालाई तत्काल समाधान गर्नका लागि टेलिफोनबाट निर्देशन दिइएको भन्दै सिस्टम सुधार गर्ने विषयमा आगामी वर्ष गर्नुपर्ने काम पनि अघि बढाइने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update