News 24 Television
सरकारमाथि खनियो कांग्रेसः देउवाले थेग्लान विवाद र रहस्य ?

काठमाडौं । नेपाली कांग्रेसले सरकारको काम प्रभावकारी नभएको भन्दै सच्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेस केन्द्रिय समिति बैठकमा नेताहरुले सरकार निर्माण गर्दा भएको सात बुँदे अलपत्र परेकोदेखि सरकारमाथि प्रश्न गर्दै बोलेपछि यसले सरकारको स्थिरतामाथिका प्रश्नहरु पेचिलो बनाएको देखिन्छ । 

कांग्रेस एमालेले सात बुँदे सहमति गर्दै सरकार निर्माण गरे । सात बुँदेमा संविधान संशोधनदेखि ालोपइालोका कुरा समावेश गरिएका थिए । जसमा आलोपालो प्रणालीअनुसार कांग्रेस सभापति शेरबहादुर देउाको पालो आइसकेको छैन् । यस्तोमा प्रधानमन्त्री केपी ओलीले देउवालाई समयमै सत्ता हस्तान्त्रण गर्ने भन्दै बोल्ने गरेका छन् । देउवालाई किस्सिमा सरकार हस्तान्त्रण गर्ने ओलीको जिकिर हुने गर्छ । 

ओलीले देउवालाई किस्तिमा प्रधानमन्त्री हस्तान्त्रण गर्छु भन्नुको तात्पर्यमा समेत केहिले प्रश्न नउठाए होइनन्, तर यसमा देउवा मौनप्राय देखिन्छन् । उसोतः कांग्रेसमा विस्तारै सरकारको गतिबारेका प्रश्न भने गम्भीर ढंगले उठ्न थालेका छन् । 

कांग्रेस नेताहरुले सरकारको कामप्रति प्रश्न मात्रै उठाएका छैनन्, सात बुँदेको स्मरण समेत जोडतोडले गराउन थालेका छन् । यस्तोमा सरकारमाथि प्रश्न गर्ने र सच्चिने काम हुने भन्दै सरकारको स्थिरतामा प्रश्न र शंका गर्न नहुने आवाज पनि देखिन्छन् । 

कांग्रेसमा खुला बहस हुने र एकले अर्कोलाई पटाक्षेप गर्नेक्रम चल्ने गरेको देखिन्छ । बैठकमा कांग्रेस नेता विनोद चौधरीले शेखर कोइरालालाई प्रश्न मात्रै गरेनन्, उनले आफुलाई चुनावमा हराउन ठूलो बल लगाएको आरोप नै लगाए । यस्ता विषयमा कांग्रेसले छलफल गरिरहेको बेला कांग्रेस प्रवक्ता पनि सरकारका काममा प्रश्न उठिरहेको भनिरहेका छन् । सरकारको प्रभावकारीतादेखि विभिन्न विषयमा प्रश्न उठेको र छलफल चलिरहेको उनको जिकिर छ । 

कांग्रेसमा सरकारविरुद्ध चलिरहेको आगो सेलाउला ? कांग्रेस नेताहरुले गरिरहेका प्रश्नको सामना देउवाले गरिरहलान ? सरकारको कार्यशैलीमा देखिएका कमजोरीलाई ढाकछेप वा खुला बहस छलफलबाट सहि बाटोमा ल्याउने प्रयास गर्लान ? यस्ता गम्भीर प्रश्नकाबीचमा चलिरहेको कांग्रेसको राजनीतिले धेरै विषयमा सहज निक्र्याैल गर्ने सम्भावना भने देखिन्न ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update