News 24 Television
राष्ट्रिय सभाबाट विनियोजन विधेयक र भन्सार विधेयक  पारित

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधवार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो । 

यसैगरी राष्ट्रिय सभाको बैठकबाट भन्सार विधेयक, २०८० पनि सर्वसम्मतिले पारित भएको छ । सभाको बुधवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्ण्नुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताए । उनले भन्सार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । 


 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update