काठमाडौं । ६५ वर्षभन्दा लामो समयदेखि भारतमा निर्वासित जीवन बिताइरहेका १४औं दलाई लामाले हालै भारतको धर्मशालाबाट आफ्नो परोपकारी संस्था गादेन फोड्राङलाई आफ्नो भविष्यको पुनर्जन्म छनौट गर्ने अधिकार दिएका छन् ।
यस अघिसम्म उनी आफैंले पुनर्जन्मबारे बताउने जानकारी दिँदै आएका थिए । यस घोषणा पछि दलाई लामाको संस्था र चीनबाट फरक फरक प्रतिक्रिया आएका छन् ।
तिब्बती बौद्ध धर्मको इतिहासमा सबै प्रमुख जीवित बुद्धहरू,दलाई लामा तथा पञ्चेन लामा चीनभित्रै जन्मिएका हुन् । त्यसैले आगामी पुनर्जन्मका लागि चीनभित्रै खोजी गर्नु उक्त इतिहासको अटुट सिद्धान्त मानिन्छ भन्दै चीनले तिब्बती बौद्ध धर्म चीनको वास्तविकताअनुसार परिष्कृत धर्म भएकाले यसका अधिकांश वास्तविक अनुयायीको बसोबास चीनमै भएकाले पुनर्जन्मसम्बन्धी नियमन चीनको धार्मिक मामिला हो भनेको छ भने दलाई लामाका अनुयायीहरुले यसलाई धार्मिक मामिला भनेका छन् ।
यस सन्दर्भमा दलाई लामाको नातेदार भनिने तेन्जिङ ग्यात्छोले दलाई लामाको इतिहाँस र वर्तमान स्थिति बारे फरक प्रतिक्रिया दिएका छन् ।
त्यस्तै दलाई लामासंगका समर्थक पेन्पा छिरिङले फरक प्रतिक्रया दिएको विभिन्न सञ्चारमाध्यमा सार्वजनिक भएका छन् । दलाइ लामाका आफन्त दावी गर्ने बौद्ध परम्परा र तिब्बती नियमअनुसार हुनुपर्ने प्रतिकृया दिएका छन् । यी प्रतिक्रयाहरुकोवीच अवको दलाई लामाको पुनरजम्मलाई निकै चासोका साथ हेरीएको छ ।