डडेल्धुराका उदीयमान गायक प्रज्वल कार्कीले ल्याए 'नजाऊ माया' गीत
डडेल्धुरा । डडेल्धुराका उदीयमान गायक प्रज्वल कार्कीले आफनो पहिलो गीत बजारमा ल्याएका छन् । उनले शुक्रवार 'नजाऊ माया' नामक गीत बजारमा ल्याएका हुन् ।
डडेल्धुराबाट उदाएका गायक कार्की हाल काठमाडाैँमा रहेर आफ्नो सांगितिक यात्रालाई अगाडि बढाइरहेका छन् । नजाऊ मायामा शब्द तथा संगीत गायक कार्कीको नै रहेको छ ।
विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय रहेको उक्त म्यजिक भिडियो ओएसआर डिजिटल नामक युटयुब च्यानलबाट सार्वजनिक भएको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ १८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय