
काठामाडौं । नेपालले हरित उर्जालाई प्राथमिकतामा राख्दै आएको छ । हाइड्रोजन नीति ल्याएको सरकारले यसपटक बजेटबाटै हरित हाइड्रोजनलाई प्रबद्र्धन गर्ने बताएको छ ।
सरकारको यो कदमलाई भारतमा हरित हाइड्रोजन उत्पाद र हाइड्रोजन उत्पादनका लागि चाहिने इलेक्ट्रोलाइजर उत्पादक कम्पनी ग्रिन्जो इण्डिया लिमिटेडले चासो दिएको छ ।
यो कम्पनिका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले नीतिगत समर्थन, सही लगानी र प्रविधि नवप्रवर्तनको साथ पाएमा हाइड्रोजन निर्यात गर्ने देशमा नेपाल हरित हाइड्रोजन हब बन्न सक्ने बताएका छन् । उनले त्यसका लागि आफ्नो कम्पनी नेपालमा काम गर्न इच्छुक र नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् । ग्रिनजो इण्डिया लिमिटेडले गुजरातको सानन्दमा अल्काइन इलेक्ट्रोलाइजर उत्पादन गर्न थालेको छ । सानन्दमा हालै २८ जुनमा भारतका गृहमन्त्री अमित शाहले अवलोकन भ्रमण गरेका थिए ।
उनले ग्रिन्जो इण्डियाले भारतको स्वच्छ ऊर्जा अभियानलाई बलियो सहयोग पुर्याएको बताएका छन् । भारत सरकारको प्रत्यक्ष समर्थन पाएको यो कम्पनीले नेपालमा पनि हरित हाइड्रोजनका लागि काम गर्न चासो राखेको छ ।
केही नेपाली कम्पनी र काठमाडौं विश्वविद्यालयसँग पनि प्राविधिक र उत्पादन सहकार्यका लागि ग्रिन्जोले सहकार्यको समझदारी गरेको छ । इलेक्ट्रोलाइजर डेलिभरी २० मेगावाटको बिल्ड-अपेरेट-ट्रान्सफर (बीओटी) परियोजनाको हिस्सा हो, जुन स्वच्छ हाइड्रोजन उत्पादनका लागि आवश्यक हुन्छ।
बीओटी प्लान्टहरू ०.५ मेगावाटदेखि ५ मेगावाट क्षमताका हुनेछन् र आगामी १२ देखि १८ महिनाभित्र सञ्चालनमा ल्याउने यो कम्पनीको तयारी छ। यो परियोजनाको लक्ष रासायनिक र मल उद्योगहरूलाई हरित हाइड्रोजन आपूर्ति गर्ने रहेको छ। यो कम्पनीले भारतकै ओसवाल इनर्जी लिमिटेडलाई पहिलो १ मेगावाटको हाइड्रोजन इलेक्ट्रोलाइजर दिएको छ ।
जुन ३२० करोड रुपैयाँको हरित हाइड्रोजन परियोजनाको सुरुवाती उपलब्धि मानिएको छ। ग्रिन्जोले नेपालमा आफ्नै इलेक्ट्रोलाइजर प्रयोग गरेर हाइड्रोजन उत्पादनको लक्ष राखेको छ ।