News 24 Television
ओलीलाई देउवाको काँध कहिलेसम्म ? झनक्क देउवा रिसाएपछि...

काठमाडौं । सत्तारुढ दल कांग्रेसले सरकार के होला भन्ने अन्योलतामाथि विमर्श गर्दै विभिन्न सुझाव दिने निण्र्नय गरेको छ । केन्द्रीय समिति बैठकमा सरकारमाथिका विभिन्न प्रश्न उठेपछि यसबारे उपर्युक्त निर्णय लिइने गरि अघि बढ्ने भनिएको छ । तर, कांग्रेसमा किन सरकारको गति, कार्यशैली र रफ्तारमाथिका प्रश्न जब्बर बन्न पुगे ? 

कांग्रेस केन्द्रीय समितिमा सरकार सात बुँदेमा चुकिरहेको भन्दै नेताहरुले गम्भीरतापूर्वक प्रश्न उठाए । संविधान संशोधनको विषय समेत पेचिलो ढंगले उठाए । तर, कांग्रेस नेतृत्वले आफूलाई जब्बर र अप्ठ्यारो मानिस भन्दै यस्ता प्रश्न खारेज गरिदिने प्रयास ग¥यो । यद्यपी कांग्रेसले सरकारको समीक्षाका विषयदेखि संविधान संशोधनका विषयलाई प्राथमिकता दिने भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

कांग्रेसले योसंगै सरकारलाई विभिन्न सुझाव दिने भनेको छ । कृषि क्षेत्रको समस्या समाधानदेखि सुनचाँदी व्यवसायीको आन्दोलनसम्मलाई कांग्रेसले सम्बोधन गर्ने भन्दै निर्णय गरेको बताइएको छ । 

बैठकमा नेताहरुले सरकारमा कांग्रेस कहिलेसम्म सहयोगी बन्ने ? नेतृत्व लिने बेला भएन भन्नेदखि अनेक प्रश्न भने गरिरहे । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन्, सरकार आगामी निर्वाचनसम्म कायम रहन्छ । गठबन्धन भत्किदैन् । 

कांग्रेसमा एमाले सात बुँदेमा इमान्दार नभएको भन्दै प्रश्न भने व्यापक उठाइएको छ । यसमा एमालेले पनि सात बुदँेमा इमान्दार भएर कार्यान्वयनमा जाने भनिरहेको छ । 

सरकार के होला ? कांग्रेस बैठकले कस्तो निर्णय गर्ला ? भन्ने चासो चलिरहेकै बेला कांग्रेसले लिएको अडान सरकारबारेको धारणामा दृढ बन्ला ? शंका भने मेटिएको छैन् । किनकी देउवाले नै भनेका छन्, म अप्ठ्यारो मान्छे हुं । मलाई लागेको दिन निर्णय गर्छु । महाधिवेशनको सवालमा देउवाले भनेको कुरा सरकारमा सहकार्यको मामलामा समेत लागू हुन्छ । एमालेसंग सत्ता सहकार्य गर्दा समेत देउवाले एकल निर्णय लिएका थिए । 

त्यसपछि मात्रै पार्टीमा लिएर निर्णय गराएका थिए । तर, कांग्रेस नेताहरुले सरकार निर्माणमा सहयोगी मात्रै बन्न नहुनेमा दिइरहेको जोड, सरकारको कार्यशैली, विवादास्पद अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीको अग्रता, सर्वोच्च अदालतले गरेको फैसलाको साइड इफेक्टदेखि अख्तियारको सक्रियताले देउवा झस्किएको बताइन्छ । 

उसोतः देउवाले गर्ने निर्णयले पार्ने प्रभाव, नेताहरुले सार्वजनिक रुपमा दिने सूचना लगायतका विषयमा भने देउवा सन्तुष्ट छैनन् । केन्द्रीय समिति बैठकमा बोलेका कुराहरु बाहिर धमाधम आउन थालेपछि उनले भनेका छन, अबका बैठकको प्रत्यक्ष प्रशारण गर्ने हो । सञ्चारमाध्यमलाई प्रवेश दिनु र नदिनुको कुनै अर्थ भएन् । 

सरकारबारेका समीक्षा, काम कारबाहीका प्रश्न र अब के गर्ने भन्ने विषयमा भएका बहसलाई सार्वजनिक गरेकोमा देउवाले आक्रोश पोख्दै गर्दा सरकारमा कहिलेसम्म कांग्रेसले काँध थाप्ने वा नेतृत्व लिने भन्ने विषय पनि बोल्न मिल्ने विषय बन्न नसकेको देखिन्छ । 

देउवा पनि अहिलेको सरकारसंग खुशी भने देखिन्नन् । गठबन्धन सरकार भएकाले नराम्रा कामकाबीच पनि सहकार्य गर्नुपर्ने भनिरहेका छन् । यसले पनि सरकारमाथिको समीक्षाको वास्तविक चित्र भने आउन कठिन हुने स्थिति छ । उसोतः कांग्रेसमा सरकारमाथिका प्रश्नहरु सार्वजनिक रुपमै पेचिला बनिरहेका छन् । 

जुन विषयमा अन्ततः देउवाले लिने निर्णय नै अन्तिम र निर्णायक हुने भएकाले राजनीतिक घटनाक्रम कसरी अघि बढ्छन भन्ने कुरा खुल्दै जानेछ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update