News 24 Television
रास्वपाको प्रश्नमा एमालेको च्यालेन्जः होला स्पेनमा लुक्नेहरुको नाम सार्वजनिक ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणबाट फर्किसकेका छन् । संसदमा ओलीले स्पेन भ्रमणको औपचारिक जानकारी नै दिएपनि स्पेन भ्रमणमा झेल भएको आरोप लागेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा केहि मानिसलाई लिएर उतै छाडेर आएको गम्भीर आरोप लगाएपछि संसदमा यो विषयमा तनावको स्थिति बनेको छ ।

भिजिट भिसा प्रकरणले पछिल्लो समय ठूलो तनाव सिर्जना गरिरहेको छ । संसदमा यिहि विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले नियमित विरोध गरिरहेका छन् । यस्तोमा प्रधानमन्त्री केपी ओली नै स्पेन भ्रमण जाँदा उनीसंगै गएका केहि व्यक्तिहरु नफर्किएको भन्दै संसदमा प्रश्न गरिएको छ । 

रास्वपाले यस्तो आरोप लगाएपछि एमालेले यसको जवाफ मागेको छ । प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणमा जानेहरुको सूची नै सार्वजनिक गरिएको र फर्किदा केहि थपिएर फर्किएको दाबी गरिएको च । यहि प्रकरणमा एमालेले प्रधानमन्त्री ओलीसंग गएकाहरु को–को फर्किएनन ? नाम भन्नुपर्ने भन्दै कडा आक्रोश पोखेको छ । 

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा जानेहरुको सूची नै सार्वजनिक गरेको उनको सचिवालयले नफर्किएकाहरु को हुन भन्दै प्रश्न समेत गरेको छ । उसोतः स्पेन भ्रमणमा जानेहरु सबै नफर्किएको भन्दै सामाजिक सञ्जालमा अपुष्ट आरोपहरु भने लाग्न थालेका छन् । 

संसदमै यो विषय उठेपछि के  प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा गएकाहरु नफर्किएकै हुन ? यदी उते लुकेका कोहि छन भने उनीहरु को–को हुन र कति छन ? यसको जवाफदेहीता प्रश्न गर्नेहरुले दिनुपर्ने हुन्छ । यद्यपी यस्तो संस्कारमा हाम्रो समाज हिड्न नचाहने भएकाले पनि प्रश्न भने उठिरहने स्थिति छ ।

जवाफदेहीताको सवाल

प्रधानमन्त्री ओलीको सचिवालयले भने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाइरहेको छ । ओलीको स्पेन भ्रमणमा जानेहरुको नाम सार्वजनिक गर्दै सचिवालयले उतै लुकेकाहरुको नाम भन्न चुनौति समेत दिएको छ । 

संसदमा यो विषयमा प्रश्न भने पहिलो पटक उठेको छ । ओलीको भ्रमण र स्पेनमा लुकेको आरोप लागिसकेपछि यो विषय सार्वजनिक चासोमा मात्रै आएको छैन, जवाफदेहीताको सवाल समेत बनेको छ । उसोतः भ्रमण टोलीको नाम नै सार्वजनिक भएपछि के आरोप लगाउनेहरुले लुकेकाको नाम सार्वजनिक गर्लान ? यो पर्खाईको विषय बनेको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update