News 24 Television
टिङ्कर पुगेर मन्त्री र सेनाले देखाए रवैया, स्थानीयमाथि यस्तो दुव्र्यवहार !  
टिङ्कर पुगेर मन्त्री र सेनाले देखाए रवैया, स्थानीयमाथि यस्तो दुव्र्यवहार !   दार्चुलाको टिङ्ककर सडकका विषयमा प्रश्न सोध्दा नेपाली सेनाले स्थानीय र सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्दा अहिले संघीय सरकारकामन्त्रीहरु र सेनाको आलोचना चुलिएको छ ।
बयानका लागि रविलाई काठमाडौंँमा ३ दिन राखिने 
बयानका लागि रविलाई काठमाडौंँमा ३ दिन राखिने  सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रवार करिब ६ घण्टा बयान लिइएको छ । कास्की प्रहरीको हिरासतमा रहेको लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा बयान लिन बिहिवार काठमाडौँ ल्याइएको हो । 
जाइकाको सहयोगले पोखराबासीलाई पानीमा राहत मिल्दै 
जाइकाको सहयोगले पोखराबासीलाई पानीमा राहत मिल्दै  जापानी सहयोग परियोजना जाइकाको अनुदानमा ४ अरब ८१ करोड रुपैयाँको खानेपानी सुधार आयोजना पोखरामा सुरु भएको छ । यो आयोजना सुरु भएसँगै पोखरामा धाराको पानी सिधै पिउन मिल्ने छ, तथापि पोखरामा खानेपानीको माग बमोजिम पर्याप्त भने छैन । 
ड्रिम प्रोजेक्ट कर्णालीमा लगानी जुटाउन ओलीको अनौठो निर्णय !
ड्रिम प्रोजेक्ट कर्णालीमा लगानी जुटाउन ओलीको अनौठो निर्णय ! प्रधानमन्त्री केपी ओलीले मंसिर १७ देखि २० सम्म चीन भ्रमण गर्दैछन् । ओलीको आसन्न चीन भ्रमणमा जम्बो टोली सहभागी हुन लागेको भन्दै आलोचना समेत भइरहेको छ । 
भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी !
भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी ! भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय विवादमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिएको अभिव्यक्तिका कारण विमानस्थल सञ्चालनमा फेरि तनाव सिर्जना हुने त होइन भन्ने चिन्ता बढेको छ । 
रविसँग आजको बयान सकियो, बाँकी आइतबार लिइने
रविसँग आजको बयान सकियो, बाँकी आइतबार लिइने पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा लिइएकाे आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । अब आईतवार थप बयान लिनेगरी आजको लागि बयान सकिएको बताइएको छ ।
प्रचण्डले भोट मागिरहँदा मोहन वैद्यको यस्तो दाउ
प्रचण्डले भोट मागिरहँदा मोहन वैद्यको यस्तो दाउ तत्कालिन दश वर्षे सशस्त्र जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड यतिबेला स्थानीय तहको उपनिर्वाचनको शिलशिलामा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन देश दौडाहा गरिरहेका छन् । इतिहासकै उत्कृष्ट ब्यवस्था भनी प्रचण्डले दाबी गरिरहँदा उनीसँगैका युद्धका सारथि मोहन वैद्य भने वर्तमान राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्नेमा जोड दिइरहेका छन् । 
प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने मन्त्रीहरु
प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने मन्त्रीहरु सरकारका मन्त्रीहरुको कामकारबाही प्रति प्रधानमन्त्री केपी शर्मा ओली झोक्किएका छन् । मन्त्रीहरुले जनअपेक्षा अनुसार डेलीभरी दिन नसकेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र सचिवहरुलाई नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।
गुडिया बेचेरै कमालको कमाई !  
गुडिया बेचेरै कमालको कमाई !   जागिर खोज्न गयो पढाइ र अनुभव सोधिन्छ । कम पढेका र अनुभव नभएकाहरुले आफूले रोजेको जागिर पाउँनै गाह्रो । केहि व्यवसाय आफैं गरौं सीप जानेको हुँदैन । कुनै सीप सिकौैँ न भन्दा पनि कहाँ सिक्ने र सिक्दा कति पैसा लाग्छ ? त्यो पनि थाहा छैन ।
Weather Update