न्यूरोडमा ‘केपी कनेक्सन’, चुनौति चिर्न तयार बालेन
आइतबार, साउन ६, २०८१
कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने
शनिबार, साउन ५, २०८१
नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा
शनिबार, साउन ५, २०८१
काठमाडौं महानगरपालिकाका कर्मचारी र स्थानीय अगुवाबीच वार्ता भइरहँदा जुद्ध सालिक सडकमा नगरप्रहरी र स्थानीयको घम्साघम्सी परिरह्यो । ठूलो मात्रामा नगरप्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भन्दै स्थानीय र व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिए । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भने वार्तामा नगई सडकबाटै आन्दोलनको नेत्तृत्व गरिरहे ।
ओली–देउवाभित्र बीआरआईको कैंची ! मिल्ने वित्तिकै अर्को फसाद
शनिबार, साउन ५, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसिएटिभ (बीआरआई)मा राजनीतिक विवाद उत्कर्षमा छ ।
वामपन्थी दलहरु बीआरआई कार्यान्वयनको बाटोमा लैजानुपर्ने भन्दै रणनीतिक दबाब सिर्जना गर्ने ध्याउन्नमा छन् भने कांग्रेस अस्वीकृत गर्ने बाटो रोज्ने यात्रामा देखिन्छ । बीआरआई कार्यान्वयनमा दुई धारतर्फ देखिएका कांग्रेस–एमालेबीचको सत्ता गठबन्धनमा यही विषयले खटपट आउला ? वा बीआरआईमा...
सरकार दुई तिहाईको तयारीमा : रोक्न खोज्दै प्रचण्ड, माधव र रवि
शनिबार, साउन ५, २०८१
काठमाडौं । एमाले–कांग्रेसले सत्ता सहकार्य गर्दै अघि बढेपछि माओवादी केन्द्रसहितका तीन दल एकजुट बन्न थालेका छन् । प्रधानमन्त्री केपी ओलीले असार ६ गते विश्वासको मत लिने भएपछि उनीहरुले सामूहिक छलफल गर्दै विश्वासको मत नदिने निर्णय गरेका छन् ।
कब्जाको रणनीतिमा ओली, काँग्रेसलाई नै मुठ्ठीमा राख्दै !
शनिबार, साउन ५, २०८१
एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा आएको केवल एकसाता पनि वितेको छैन । हुँदा खाँदाकै सत्ता ढालेर त्यसको नेतृत्व गर्न आएका अध्यक्ष ओलीलाई नेपाली काँग्रेसले साथ दियो ।
संविधान संशोधन आवश्यक कि सत्ता प्राप्तीको एजेण्डा ?
शुक्रबार, साउन ४, २०८१
नेकपा एमाले र कांग्रेस संविधान संशोधनको एजेण्डालाई अघि सार्दै नयाँ सत्ता समीकरण बनाएका हुन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन आवश्यक रहेको भन्दै यसका लागि संविधान संशोधन सुझाव आयोग बनाउने दुई दलबीच समझदारी भएको नेताहरुले बताएका छन् । संविधान संशोधनको एजेण्डा कता पुगेको छ त ?
एक वर्षमा दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभराको दर्शन
शुक्रबार, साउन ४, २०८१
क वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०–८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् ।
ओलीको शक्तिशाली बन्ने प्रयास, दुई तिहाई सांसद बटुल्दै
शुक्रबार, साउन ४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिदैछन् । विश्वासको मत लिने दिन नजिकिदै जाँदा प्रधानमन्त्री ओलीले दुई तिहाईको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । यसका लागि उनी यतिबेला साना दलहरुसँग छलफलमा जुटिसकेका छन् ।


