रास्वपाको अवरोधका बीच अघि बढाइयो संसद बैठक, रास्वपा सांसदद्वारा बहिस्कार
शुक्रबार, माघ १८, २०८१
मधेसी दलको मोर्चाबन्दी, थ्रेस होल्डको डर !
शुक्रबार, माघ १८, २०८१
६२\६३ को जनआन्दोलनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यो । गणतन्त्रको स्थापनासँगै तराई मधेसका जिल्लाको क्षेत्रीय राजनीतिका लागि मधेसवादी दलहरुको सक्रियता बढ्यो ।
संसदमा सत्तापक्ष र विपक्षी मुठभेटको तयारीमा
शुक्रबार, माघ १८, २०८१
झण्डै एक महिना ढिला गरी शुरु हुन लागेको संसदको हिउँदे अधिवेशनमा सत्ता पक्ष र विपक्षीबीच मुठभेटको अवस्था सिर्जना हुने भएको छ । सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले मोर्चाबन्दी गरी अध्यादेश असफल बनाउने निर्णय गरेको संसदको हिउँदे अधिवेशन प्रभावित हुने देखिएको छ ।
पहिलो दिननै यस्तो पनि गरिने ! शुरुवातमै उथलपुथलको संकेत !
शुक्रबार, माघ १८, २०८१
संसदको हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भनि राजनीतिक दलहरु आ–आफ्ना योजना बनाउन व्यस्त रहेको यस समयमा संघीय संसद सचिवालयले पनि आफ्नो तयारीलाई तीव्र बनाइरहेको छ ।
बाबुराम र रास्वपाको मिल्दो ‘ट्यूनिङ’, के रास्वपा प्रवेश गर्छन बाबुराम ?
शुक्रबार, माघ १८, २०८१
नेकपा माओवादी हुँदै नयाँ शक्ति पार्टी गठन गरेर जसपासम्म पुगेका डा. बाबुराम भट्टराई अहिले नेसपा (नयाँ शक्ति) पार्टीका अध्यक्ष छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डसँगको विचारगत विमत्तिकै कारण बाबुरामले १० वर्षअघि माओवादी छाडेका थिए । त्यसपछि मुलुकको मूल राजनीतिक धारबाट केही पर बेगिएका बाबुराम आफ्नै लयमा...
मधेसवादी दलहरूले बनाए एकता र सहकार्यका लागि कार्यदल
बिहीबार, माघ १७, २०८१
मधेसवादी आठ राजनीतिक दलहरुको बिहीवार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरद सिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेस लोकतान्त्रिक...
विद्या भण्डारीमाथि प्रदीप आक्रामक, रुपन्देही पुगेर यस्तो चुनौति !
बिहीबार, माघ १७, २०८१
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने सुर कस्दैछिन् । फर्किदा एमालेमै फर्किने प्रष्ट जवाफ दिने गरेकी भण्डारीलाई सहजै एमालेको ढोका खुला रहला ?
ऊर्जामन्त्रीका नाममा लफडाको संकेत ! सांसदहरु कै भागाभाग !
बिहीबार, माघ १७, २०८१
नेपाली कांग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काविरुद्ध संसदीय समितिमा परेको उजुरीबारे गर्ने भनिएको छलफल कोरम नपुगेको भन्दै स्थगित गरिएको छ ।
संसदीय समितिमा सांसदहरु उपस्थित नहुने रोग पुरानै भएपनि गम्भीर उजुरीमाथिको छलफलमा कांग्रेसले अघोषित बहिस्कार गरेको आरोप शुरु भएको छ ।
विपक्षी रणनीतिले ओलीमा त्रास, देउवालाई दिँदैछन् समान हैसियत !
बिहीबार, माघ १७, २०८१
काँग्रेस–एमाले गठबन्धनको सरकार बनेयता देखि नै सत्ताको आयुमाथि पटक पटक प्रश्न गरिँदै आएको छ । ओली नेतृत्वको सरकार बनाउन काँग्रेसले नै सहयोग गरेपछि यो समीकराणलाई सँधै शंकाकै रुपमा हेरिँदै आएको छ भने प्रतिपक्षी दलहरुले पनि यसमाथि गम्भीर प्रश्नहरु उठाउँदै आइरहेका छन् ।
रविविरुद्धको प्रतिशोध लगायत विविध विषयमा रास्वपाले विरोध गर्ने
बुधबार, माघ १६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशाेधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरीत राष्ट्रिय स्वतन्त्र पार्टी...
