अदालतको आदेशले हैरानीमा रवि, धरौटीको भारले थचक्कै !
बुधबार, माघ १६, २०८१
एमालेपछि कांग्रेस पनि माओवादीसँग भिड्ने मुडमा, प्रचण्डको चाहना अधुरै !
बुधबार, माघ १६, २०८१
संघीय संसद माघ १८ गतेदेखि शुरु हुँदैछ । त्यसको पुर्वतयारी तीब्र रुपमा चल्दै गर्दा संसदीय गतिविधि भने राजनीतिक दाउपेचतर्फ केन्द्रित बन्न थालेका छन् ।
सत्ता र प्रतिपक्षी दलबीचको मतभेद चुलिने संकेतले अबको संसद थप विवादतर्फ जाने त होइन ? चिन्ता थपिएको छ । चिन्तासंगै सत्ता उलटफेरका विभिन्न प्रयासमा समेत रोचक...
सामाजिक सञ्जाल कडाइ गर्दै सरकार, दुरुपयोग गर्नेलाई १ करोडसम्म जरिवाना !
बुधबार, माघ १६, २०८१
सामाजिक सञ्जालको प्रयोग बढ्दै गर्दा यसका विकृतिहरु बढेको भन्दै सरकारले अंकुश लगाउने प्रयास बारम्बार गर्दै आएको छ । यसअघि विकृति बढेको भन्दै तत्कालिन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको थियो । अहिले सामाजिक सञ्जालमाथि नियमन आवश्यक देखिएको भन्दै सरकारले ‘सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक २०८१’संसदमा दर्ता गराएको छ ।
औचित्यका प्रश्नदेखि एकताका चर्चाः मोर्चाको मक्सद र दलीय दाउ
बुधबार, माघ १६, २०८१
समाजवादी मोर्चाको कार्यक्रममा नेताहरुले मन माझामाझ गरेका छन् । मोर्चाप्रति प्रचण्डको चाहना नै छैन कि भन्ने आशंकासहित वामपन्थी एकता र सहकार्यका प्रश्नमा नेताहरुले धारणा राखेका छन् । मोर्चाको बैठकमा नेताहरुले शासकीय स्वरुपदेखि सरकारमाथिका असन्तुष्टी समेत छरपष्ट पारेका छन् ।
प्रचण्ड ओलीमाथि हाबीः प्रमलाई जवाफ दिनै हम्मेहम्मे किन ?
बुधबार, माघ १६, २०८१
राष्ट्रिय राजनीतिले सहि दिशा समातेको छ ? सरकारले स्थिरताको नाममा सुशासन कायम गर्न सक्ला ? सर्वसाधारणमा चासो देखिन्छ । दुई तिहाईको बलशाली सरकारले देशलाई कसरी डो¥याउला ? प्रतिपक्षीका प्रश्नको सामना कसरी गर्ला ? जवाफ खोज्न थालिएको छ ।
ओलीको विवेक र प्रतिपक्षको दाउ : संसदको भविष्य कतातर्फ ?
सोमबार, माघ १४, २०८१
संघीय संसददका दुबै सदनको आह्वानपछि दलहरुले सक्रियता बढाएका छन् । संसदको समयअघि सभामुख देवराज घिमिरेले धारणा माग्नेदेखि संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा केन्द्रित भइरहेको बेला राष्ट्रियसभाको नेतृत्व भने मौन देखिन्छ । यद्यपी, संसद आह्वानपछि दलहरु थप सलबलाएका छन् ।
ओलीलाई गगनको खुला चुनौतिः प्रधानमन्त्रीमा तपाईंभन्दा म क्षमतावान
सोमबार, माघ १४, २०८१
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमाथिका चुनौति थपिनेक्रम जारी छ । नेताहरुले सरकारको कामप्रति प्रश्न गर्दै गर्दा ओलीको नेतृत्व बाध्यतामा मात्रै टिकेको जस्तो देखिन थालेको छ । कांग्रेस महामन्त्री गगन थापाले पनि ओलीलाई कार्यसम्पादन क्षमताको विषयमा खुला चुनौति दिएका छन् ।
