News 24 Television
प्रचण्डलाई जनार्दनको ठाडो सन्देश ! हेडक्वाटरले लफडा !
प्रचण्डलाई जनार्दनको ठाडो सन्देश ! हेडक्वाटरले लफडा ! माओवादी केन्द्रभित्र विद्यार्थी नेतृत्व चयनका लागि भएको निर्वाचनको क्रममा देखिएको गुटगत प्रणालीले नयाँ बहस शुरु भएका छन् । विद्यार्थीको निर्वाचनबाटै जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई दिएको चुनौतिले थप प्रश्नहरु मुखारित बन्न पुगेका छन् । 
भारतको बजेट आणविक ऊर्जा र प्रविधितर्फ, प्रमुख विशेषता के ?
भारतको बजेट आणविक ऊर्जा र प्रविधितर्फ, प्रमुख विशेषता के ? भारतले आठौं संघीय बजेट सार्वजनिक गरेको छ । शनिबार भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन् । भारतको यस पटकको बजेट आणविक ऊर्जा र प्रविधि लक्षित देखिएको छ । 
संसदमै प्रधानमन्त्रीले उपलव्धि बताउँदा नेकपा एसको खिसिट्युरी 
संसदमै प्रधानमन्त्रीले उपलव्धि बताउँदा नेकपा एसको खिसिट्युरी  प्रधानमन्त्री केपी ओलीले सरकार निर्माणको ६ महिनापछिका उपलब्धि भन्दै संसदमा पेश गरेका फेहरिस्तलाई प्रतिपक्षीले प्रश्न गरेका छन् । ओलीले गरेका उपलब्धिको व्याख्यामा प्रतिपक्षी दलहरुले खरो प्रश्न गर्दै यहि विषयलाई उपलब्धि भन्ने हो भने सरकार नै नभएको मान्नुपर्छ भन्दै सरकारमाथि हाबी हुन खोजेका छन् । 
संसदीय अभ्यासमा अपरिपक्व रास्वपा, फेसबुके राजनीति भन्दै ओलीको कटाक्ष !
संसदीय अभ्यासमा अपरिपक्व रास्वपा, फेसबुके राजनीति भन्दै ओलीको कटाक्ष ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा देखाएको आलोकाँचोपनाले संसदीय मूल्य मान्यतामाथि नै प्रश्न उब्जिएको छ । प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा बोल्ने समय नै तोकेर बनाइएको कार्यसूचीबाहिर गएर रास्वपाले बोल्ने समयको अस्वभाविक माग गरेपछि विवाद सिर्जना भएको थियो । 
रविकै कारण फेरि रडाको ! औँलाको इशाराले उथलपुथल !
रविकै कारण फेरि रडाको ! औँलाको इशाराले उथलपुथल ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीदेखि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा लगाउने विषयलाई संसदमा प्रश्न उठिरहेको छ । रविमाथि सरकारले प्रतिशोध साँधेको भन्दै प्रतिपक्षी दलले प्रश्न उठाइरहेको छ, भने सत्ता पक्षकै नेताहरुले समेत न्यायालयमाथि सरकार हाबी भएको आरोप लगाएका छन् । 
ओलीको बोलीमा देउवालाई शंका, गरे यस्तो संकेत !
ओलीको बोलीमा देउवालाई शंका, गरे यस्तो संकेत ! प्रतिनिधिसभा बैठकमा सम्बोधनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता निर्माणको सहमति पालना हुने अपेक्षा गरेका छन् । लिखित भाषण नोट लिएर उपस्थित भएका देउवाले ७ बुँदेको स्मरण गराउदै यि विषय पालना हुने र यसमा अन्य दलको पनि सहयोग हुने अपेक्षा गरेका हुन् । 
ओलीविरुद्ध यस्तो रणनीति, एकैसाथ प्रश्न र अस्त्र !
ओलीविरुद्ध यस्तो रणनीति, एकैसाथ प्रश्न र अस्त्र ! सरकारले ल्याएको अध्यादेशमाथिका प्रश्न पेचिला बन्न थालेका छन् । संसद नभएको बेला अध्यादेश ल्याएको दाबी गरेका प्रधानमन्त्री केपी ओलीलाई प्रतिपक्षीसँगै मधेश केन्द्रित दलहरुले समेत प्रश्न गर्दै आशंका व्यक्त गरेका छन् । 
सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ, संसद पनि सरकारकै नियन्त्रणमा : राउत
सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ, संसद पनि सरकारकै नियन्त्रणमा : राउत सत्तापक्षमै रहेका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको र न्यायालयले पनि सरकारकै फोन कुरेर मात्र फैसला गर्ने गरेको गम्भीर आरोप लगाएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदमाथि सरकारले नियन्त्रण गरेकाे बताए । साेही कारण संसद सुचारु हुन ढिलाइ हुने गरेको बताए...
Weather Update