कीर्तिपुरका उम्मेदवारहरुको टेलिभिजन बहस, सबै आफूले जित्नेमा विश्वस्त
मंगलबार, मंसिर ११, २०८१
चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको भनाइ
सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋणसम्बन्धि कुनैपनि सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्व-परराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
सोमबार, मंसिर १०, २०८१
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो...
उपचुनावमै रन्थनियो रास्वपा, रविले चेक काटेको ‘प्रमाण फेला’
सोमबार, मंसिर १०, २०८१
उपचुनावका लागि दल र उम्मेदवारहरु चुनावी मैदानमा मत मागिरहेका छन् । तर, गएको चुनावमा उभार ल्याएर राजनीतिक तरङ्ग पैदा गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने उपचुनावमा मौनप्राय देखिन्छ ।
बीआरआई कार्यान्वयन हुँदा भारत र अमेरिकालाई किन तनाव ?
सोमबार, मंसिर १०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी मध्यम गतिले भइरहँदा बीआरआईका कारण सत्तारुढ कांग्रेस र एमालेबीच तनाव आउने देखिएको छ ।
रविको फेरि म्याद थपियो, अनुसन्धान झन कसिलो हुँदै
सोमबार, मंसिर १०, २०८१
सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति सुद्दिकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
कीर्तिपुर उपचुनावः दलहरुका लागि भारी बन्दै स्वतन्त्र उम्मेदवार
सोमबार, मंसिर १०, २०८१
आगामी मंसिर १६ गते हुने स्थानीयतहको उप निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा २० जना उम्मेदवार मैदानमा छन् ।
एमालेले बुझेन जरिवाना-पत्र, बालेनले स्टन्टबाजी गरेको आरोप
आइतबार, मंसिर ९, २०८१
शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रवार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवाना पत्र लेखेको थियो ।
फेरि सुरुभयो ‘बालेन–ओली वार’, बालेनले दिए लाखको दण्ड !
आइतबार, मंसिर ९, २०८१
सत्तारुढ दल नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा वृहत जनसभाको अयोजना गरेको थियो । काँग्रेससँगको गठबन्धनबाट सत्ताकै नेतृत्व गरिरहेको दल एमालेले प्रतिपक्षीलाई साइजमा ल्याउने उदेश्यले जनसभाको आयोजना गरेको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै आफूलाई रक्षा मात्रै गरेनन् प्रतिपक्षीमाथि आक्रोश समेत प्रकट गरे ।
दल सडकमा उत्रिदा वास्तविक पीडित रनभुल्ल, अराजकताको खतरा
आइतबार, मंसिर ९, २०८१
पछिल्लो समय सडकमा अवरोध सिर्जना हुनेक्रम जारी छ । सडक कतिखेर अवरुद्ध हुन्छ, पत्तै हुन्न । यसका कारणहरु हुन, राजनीतिक दलका सडक प्रदर्शन र शक्ति देखाउने होड । सत्ताधारी दलदेखि प्रतिपक्षीले समेत सडकमा प्रदर्शन गर्दा सर्वसाधारणलाई भने सास्तीको बोझ थोपर्न थालिएको छ ।


