काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पबाट राजीनामा दिएकी छन्। ग्यास अभावका कारण आफूलाई सम्हाल्न नसक्दा विवादमा तानिएकी यादवले पदबाट राजीनामा दिएकी छन् । तर, उनको राजीनामाअघि राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद अमरेशकुमार सिंह चर्चामा छन् ।
गौरीकुमारीको राजीनामाबारे अमरेशले दाबी गरिरहेका छन, पक्राउ गर्न प्रहरी पठाउँदा नै गर्नुपथ्र्यो। यसरी हेर्दा रास्वपाभित्रको आन्तरिक संघर्ष चर्किदै गएको देखिन्छ । तर, उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामाअघि अमरेशको त्यो अभिव्यक्तिलाई नियालौं ।
हिमालयन टेलिभिजनको यक्ष प्रश्नमा अमरेशकुमार सिंहले आफूलाई उद्योगमन्त्री बन्न भन्दै दिएको प्रस्ताव अस्वीकार गरेको सन्दर्भमा भन्छन्, मधेसीको राजनीति सिद्धाउन उद्योगमन्त्री बनाइन्छ। किसुन जीदेखि गिरिजाको पालामा समेत यस्तै हुन्थ्यो। मधेसबाट उद्योगमन्त्री बनेकाको राजनीति सकिएको छ।
नभन्दै गौरीकुमारी यादवले पनि पदबाट राजीनामा दिने स्थिति बन्यो। यसको सबै कारण अमरेशले प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालय नै कारक रहेको दाबी गरेका छन्।
अब संसदको रेकर्डमा अमरेशलाई हेरौं ।
अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामाबारे बोल्दै संसदमा भनेका छन्, सल्लाहकारकै कारण सरकार नाश हुने बाटोमा छ। अमरेशले प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले भारतमा गएर रअका एजेन्ट भेटेको आरोप लगाएका छन्। उनले दिल्लीको होटेलको तल्ला नै केन्द्रित गर्दै सल्लाहकार लुकेर दिल्ली जाने भन्दै प्रश्न गरेका छन्।
यसरी अमरेशले सरकारविरुद्ध पछिल्लो समय आक्रोश पोख्ने गरेका छन्। तर, उनी किन यसरी पेश हुँदै आएका छन भन्ने कुरा भने खुल्न सकेको छैन् ।
उद्योगमन्त्रीको राजीनामा
उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामापछि रुदै मन्त्रालयबाट बाहिदिने दृश्यले धेरैलाई आश्चार्यमा पारेको छ। के उनले आफूखुशी राजीनामा दिएकी होइनन ? प्रश्न देखिन्छ। के अमरेशले भनेजस्तै सल्लाहकार टोलीले नै दबाब दिएर राजीनामा दिन लगाएको हो? प्रश्न र शंका देखिएपनि उनले उद्योगीविरुद्ध दिएको अभिव्यक्ति र उद्योगीको विरोध हेर्दा उनको क्षमतामाथिकै प्रश्न जब्बर देखिन्छन्।
यसरी हेर्दा उनले आफूलाई सम्हाल्न नसक्दा नै पददबाट राजीनामादिने स्थिति सिर्जना भएको देखिन्छ। तर, राजीनामाको कारणबारे भने रास्वपाबाटै अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ ।


