लोकसेवामा हद लगाउँदा राजनीतिमा फुक्काफाल, चुनाव कतिपटक लड्न पाउने ?
सोमबार, चैत ४, २०८१
नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन् । लोकसेवामा हद लगाउँदा राजनीतिमा भने किन फुक्काफाल भन्दै उनले राजनीतिमा पनि चुनाव कतिपटक लड्न पाउने भन्नेबारे व्यवस्था गर्न माग गरे ।
संकटमा त्रिभुवन विश्वविद्यालय, एजेण्डा खोई ?
सोमबार, चैत ४, २०८१
नेपालमा २०१८ सालमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो । विद्यार्थीको हकहितका लागि भन्दै स्थापना गरिएको स्ववियु विभिन्न उतारचढावका बीच अहिलेसम्म आइपुगेको छ । तर पछिल्लो समयमा नेपालका विश्वविद्यालय र उच्च शिक्षाको महत्व कमजोर बनेको छ । उच्च शिक्षाका लागि भन्दै युवाहरु विदेशिने क्रम उच्च रहँदा विश्वविद्यालय र...
हेर्दै यतै बसौं लाग्ने यस्तो सुन्दर घलेगाउँ !
सोमबार, चैत ४, २०८१
बाह्रै महिना चिसो मौसम रहने लमजुङको घलेगाउँ नेपालकै नमूना गाउँले परिचित छ । आन्तरिक पर्यटकले प्राय सधै भरिभराउ रहने यो घलेगाउँमा यहाँको अतिथि सत्कार, प्राकृतिक सौन्दर्य, मौलिक भेषभुषा, कला, संस्कृति तथा गाउँको रमणीय दृष्य देख्दा जो कोहिको मन लोभिने गर्छ । यहाँ दिइने कोदोको रोटी, गुन्द्रुक, ढिँडो तथा स्थानीय परिकारले...
पूर्वराजाको नामले नै भाडभैलो ! संसदमै भिडन्त !
सोमबार, चैत ४, २०८१
राजतन्त्रको पक्ष विपक्षको छलफलमा संसदमा भनाभनदेखि दलीय आरोप–प्रत्यारोप चल्न थालेको छ । राजा चाहियो भन्नेहरु र गणतन्त्र ठिक भन्नेहरुबीचको विवादमा राप्रपा भर्सेस गणतन्त्रवादीको स्थिति बनेको छ । यतिमात्रै नभई राजतन्त्रको पक्षमा लागेका नाराको विषयमा सरकारको कामलाई समेत जोड्न खोजिएको छ ।
धमिलो पानीमा पूर्वराजाको जाल ! नेताहरुको यस्तो बेहाल !
सोमबार, चैत ४, २०८१
राजनीतिक रुपमा चलेका विवाद र तनावले मुलुकको स्थिति कस्तो बन्ला ? त्यसमाथि अहिले त संकटहरु नजिकिदै गएको भन्न थालिएको छ । राजनीतिक दलहरुले देखाउने प्रवृत्ति र अपारदर्शी शैलीका कारण समस्या थपिएको आवाज चर्को बन्दैछन् । यतिमात्रै नभई राजनीतिक शक्ति बढाउने नाममा चलेका अनेक राजनीतिक दाबीले नागरिकमा निराशा बढिरहेको छ ।
सुदूरपश्चिममा १३ कोल्डस्टोरको लिष्ट, यसरी करोडौंको चलखेल !
सोमबार, चैत ४, २०८१
६ वर्ष पहिलेदेखि सुदूरपश्चिम प्रदेशमा शितभण्डार अर्थात कोल्डस्टोर निर्माण गर्ने लहर नै चल्यो । प्रदेश सरकारको ६ करोड लागानीमा सुदूरपश्चिमका विभिन्न जिल्लामा १३ वटा कोल्ड स्टोर निर्माणको लागि ६ वर्ष पहिला नै बजेट समेत विनियोजन गरियो । तर, अझैपनि कोल्डस्टोरको अत्तोपत्तो छैन ।
ममाथि लागेको आरोपको अनुसन्धान होस् : प्रा.डा. संग्रौला
आइतबार, चैत ३, २०८१
आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको उनले बताए । कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै संग्रौलाले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए । कसैले सञ्जालमा...


