News 24 Television
सरकार दुई तिहाईको तयारीमा : रोक्न खोज्दै प्रचण्ड, माधव र रवि
सरकार दुई तिहाईको तयारीमा : रोक्न खोज्दै प्रचण्ड, माधव र रवि काठमाडौं । एमाले–कांग्रेसले सत्ता सहकार्य गर्दै अघि बढेपछि माओवादी केन्द्रसहितका तीन दल एकजुट बन्न थालेका छन् । प्रधानमन्त्री केपी ओलीले असार ६ गते विश्वासको मत लिने भएपछि उनीहरुले सामूहिक छलफल गर्दै विश्वासको मत नदिने निर्णय गरेका छन् । 
सबै मन्त्री असफल भएको स्वास्थ्य मन्त्रालयमा प्रदीपको परीक्षा
सबै मन्त्री असफल भएको स्वास्थ्य मन्त्रालयमा प्रदीपको परीक्षा स्वास्थ्य मन्त्रीको पद सम्हालेसंगै मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानतर्फ चासो देखाउन थालेका छन् । मन्त्री नियुक्त भएलगत्तै उनले मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँग पहिलोपटक भेट गर्दा मन्त्रालयको समस्या भन्दापनि समाधानको योजना बनाउँन आग्रह गरे । सरकारी अस्पतालमा सेवा लिन लाइन बस्न नपर्ने गरी दीर्घकालिन रुपमा काम...
एसर्ईईमा चरम लापर्वाही, ए प्लस ल्याएका विद्यार्थी कसरी भए फेल ?
एसर्ईईमा चरम लापर्वाही, ए प्लस ल्याएका विद्यार्थी कसरी भए फेल ? यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै पास भए । ५२ प्रतिशत २ लाख ४२ हजार ३ सय १३ जनाको ननग्रेडेड अर्थात अनुर्तिण भएका थिए । तर अनुर्तिण...
संविधान संशोधन आवश्यक कि सत्ता प्राप्तीको एजेण्डा ? 
संविधान संशोधन आवश्यक कि सत्ता प्राप्तीको एजेण्डा ?  नेकपा एमाले र कांग्रेस संविधान संशोधनको एजेण्डालाई अघि सार्दै नयाँ सत्ता समीकरण बनाएका हुन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन आवश्यक रहेको भन्दै यसका लागि संविधान संशोधन सुझाव आयोग बनाउने दुई दलबीच समझदारी भएको नेताहरुले बताएका छन् । संविधान संशोधनको एजेण्डा कता पुगेको छ त ? 
एसिसी महिला एसिया कप क्रिकेट :  नेपाल र युएई भिड्दै
एसिसी महिला एसिया कप क्रिकेट : नेपाल र युएई भिड्दै एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । 
Weather Update