News 24 Television
बेलहिया नाकाबाट ७ अर्ब बढी निर्यात

रुपन्देही । रुपन्देहीको बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१–०८२ मा अघिल्लो आर्थिक वर्षभन्दा ७ अर्ब बढीले निर्यात बृद्धि भएको हो । 

स्वदेशीउत्पादनहरु रुपन्देहीको बेलहियानाकाहुँदै भारत तथा तेस्रो मुलुकमानिकास हुने क्रम बढेको छ । भैरहवाभन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–०८२ मा अघिल्लो आर्थिक वर्षभन्दा७अर्ब बढीले वैदेशिकव्यापारमा वृद्धि भएको हो ।

भन्सार कार्यालयकाअनुसार २०८१–०८२ मा २० अर्ब ९२ करोड रुपैयाँ बराबरको विभिन्न नेपालीउत्पादनभारत तथा तेस्रो मुलुकनिर्यात भएका छन् । जुन अघिल्लो वर्ष भन्दा बृद्धिदर ५२ दशमलव ९९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०८०–२०८१ मा१३ अर्ब ६८ करोड रुपैयाँ बराबरको नेपालीउत्पादन बेलहियानाकाहुँदै निर्यात भएको थियो ।

रुपन्देही भन्सार कार्यालयको तथ्यांक अनुसार बेलहिया नाकाबाट एक वर्षमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । सेन्थेटिक यार्न, सिमेन्ट, खयर कत्था, पिना, फलाम र स्टिलका भाँडाकुँडा, चाउचाउ, नुडल्स, पास्ता लगायतका सामान भारततर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।  

कुन सामान कति निर्यात ?

-    भटमासको प्रशोधित तेलः ६ अर्ब ९८ करोड १७लाख७५ हजार रुपैयाँ बराबरको ।

-   सेन्थेटिक यार्नः  ३ अर्ब ४९ करोड ९२ लाख ६४ हजार बराबर,

-    सिमेन्ट १ अर्ब ४७ करोड ८ लाख ३७हजार रुपैयाँ बराबर,  

-   खयर कत्था ९२ करोड २२ लाख७७हजार रुपैयाँ बराबर, 

-   पिना ८३ करोड ४३ लाख १५ हजार रुपैयाँ बराबर, 

-    फलाम र स्टीलका भाँडाकुडा ७३ करोड ६२ लाख ५८ हजार बराबर, 

-    चाउचाउ, नुडल्स र पास्ता ७२ करोड २५ लाख७५ हजार रुपैयाँ बराबर ।

-    जडीबुटी ६५ करोड ६२ लाख ५७हजार रुपैयाँ बराबर, 

-   खोटो रोजिन ५२ करोड ५२ लाख ३ हजार रुपैयाँ बराबर,

-  प्लाइउड ५१ करोड ५४ लाख २३ हजार रुपैयाँ बराबर

को निर्यात भएको छ । 

बेलहिया नाकाहुँदै निकासीहुने अन्य सामानहरुमाक्लिन्कर, विभिन्नवनस्पतिउत्पादन, अदुवा, सुठोलगायत जडिबुटी छन् । त्यसैगरी चोकर भुस, पिभिसी फिटिङ पाइप, अल्कीड रेजीन र अन्यपिभिसी रेजीनपनिनिर्यात हुने गरेको छ । वर्सेनि बढीरहेको ब्यापार घाटालाई कमगर्न निर्यातमाभइरहेको सुधारलाई अझै बढाउनु पर्ने सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update