
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको अक्सन हुनै लाग्दा क्रिकेट प्रेमिमा कुन क्रिकेटरको भविष्य कस्तो होला जान्ने उत्साह बढेको छ । अक्सन रोयल टुलिप बालकुमारीमा शनिबार दिउँसो तीन बजे हुँदैछ । यसपटकको अक्सनमा सर्वाधिक महंगो खेलाडी को बन्ला ? कुन–कुन खेलाडीले एनपीएलको ढोका खोल्लान् त ?
क्रिकेट प्रेमीहरुका लागि क्रिकेटरका हरेक गतिविधि सधैं चासोमा रहने गर्छन् । त्यसमाथि पनि नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मिनी अक्सन, यो त उत्साह र चासोको विषय हुने नै भयो । शनिबार क्रिकेटर चयनका लागि अक्सन हुने भएपछि कुन क्रिकेटरको भविष्य कस्तो हुनेहोला भन्ने चासो र जिज्ञासा चर्चामा देखिन्छन् ।
क्रिकेटका जानकारले समेत अक्सनलाई चासोपुर्वक हेरिरहेका छन् । आठ फ्रेन्जाइज टोली नामी खेलाडी अनुबन्ध गर्ने धुनमा त हुने नै छन् उपाधी उचाल्नेगरी बलियो टोली बनाउने रणनीति उनीहरुको हुनेछ । सबै टोलीको ध्यान ए क्याटागोरीका खेलाडी माथि हुनेछ ।
अक्सनमा ध्यान खिच्ने चर्चित अनुहारहरु
आदिल आलम, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुनाम गौतम, दिलिप नाथ, अर्जुन साउद र सूर्य तामाङ । यी खेलाडी जहाँ अनुबन्धित हुनेछन्, त्यस टोलीको प्रदर्शनमा ठुलो फाइदा पुग्नेछ ।
सर्वाधिक १५ लाखमा अनुबन्ध हुनसक्ने चार खेलाडी को को हुन् त ?
यतिबेला हट केक बनीरहेका अलराउन्डर आदील अन्सारीलाई अनुबन्ध गर्न फ्रेन्जाइज टोलि विच हानथाप हुने पक्का छन् । फ्रेन्जाइज टोलीका समर्थक समेत आदिल अनुबन्ध गर्न सुझव दिइरहेका छन् । यस् हिसावले उनलाई पहिलो नम्बरमा राख्न सकिन्छ ।
राष्ट्रिय टोलीबाट समेत खेलिसकेका आदिल माथि आठवटै फ्रेन्जाइज टोलीले दाबी गर्ने पक्का छ । अलराउन्डरको भुमिका देखि हार्डहिटर आदील कठिन समयमा खेल जिताउने कौशलता राख्छन् । म्याच फिक्सिङको झमेलाले अघिल्लो सिजन गुमाएका आदिललाई सबै टोलीले पहिलो प्राथमिकतामा देखिन्छ ।
सुर्य तामाङ–घरेलु क्रिकेटमा उम्दा प्रदर्शन गर्दे राष्ट्रिय टोलीबाट समेत डेब्यु गरिसकेका सुर्यलाई आफ्नो पक्षमा पार्न समेत फ्रेन्जाइज टोली तछाडमछाड गर्ने देखिन्छ । घेरेलु क्रिकेटमा त उनले आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।
पवन सर्राफ र देव खनाल मध्ये एक– कुनै सयम सफल क्रिकेट खेलाडी तथा हाल क्यानका सचिव पारस खड्काकोे रुपमा हेरिएका पवन एनपीएलमा विक्ने सम्भावना उच्च छ ।
पछिल्लो समय चोटलाई जितेका पवनलाई अनुबन्ध गर्ने टोली विच प्रतिष्पर्धा हुने देखिन्छ । साथमा देव खनालले समेत उत्तिकै दावेदारी प्रस्तुत गर्नेछन् । तर अघिल्लो संस्करणमा कर्णाली याक्सबाट उनको निराशाजनक प्रर्दशनले भने असर गर्ने देखिन्छ ।
अर्जुन साउद र दिलिप नाथ मध्ये एक–नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याकअप विकेटकिपरका रुपमा रहेका अर्जनु समेत फ्रेन्जाइज टोलीको रोजाईमा हुनेछन् । अघिल्लो पटक अनुसोल्ड भएपनि लुम्बिनीबाट खेलेका अर्जुनको यो पटक सम्भावन रहन्छ ।
यस्तै, बी क्याटागोरीमा रहेका ३५ जना खेलाडी मध्य २३ जनाको भाग्य चम्किने छ । ती मध्य आशुतोष धिरैया, अभिभेक तिवारी, युवराज खत्रीलाई अनुबन्ध गर्न टोलीले बल गर्नेछन् । सी क्याटागोरीमा रहेका ११३ जना खेलाडी मध्य १० जना खेलाडीले मौका पाउनेछन् । जसमा अबिषेक तीवारी, दिपक डुम्रे सहितका खेलाडीले मौका पाउने सम्भावना छ ।
अक्सन अघि नै समर्थकमा उत्साह
अक्सनपछि नै फ्रेन्जाइज टोलीको भाग्य र भविष्य निर्धारण गर्नेछ । किनभने कुन टोलीले कस्ता खेलाडी अनुबन्ध ग¥यो र कस्तो खेल्छन् भन्ने कुरामा नेपाली दर्शक जानकार छन् । शनिबार अक्सन सुरु हुन अगावै फ्रेन्जाइज टोलीका समर्थक माझ उत्सुकता थपिएको छ ।
एनपीएलको पहिलो संस्करणको उपाधी जनकपुर बोल्ट्ले उचालेको थियो । सुदुरपश्चिम रोयल्स्लाई पराजित गर्दै उपाधी चुमेको जनकपुरले इतिहास रचेको थियो । एनपीएलको सुनौलो गाथामा पहिलो च्याम्पियनको नाम दर्ज गरेको जनकपुरका समर्थक यस्पटक उपाधी उचाल्नेमा आशावादी छन् ।
अक्सनका लागि क्यानले १ सय ५० जनाको लिष्ट सार्वजनिक गरिसकेको छ । ती मध्ये ३७ खेलाडीको भाग्य चम्किदा लखपति बन्नेछन् । आठ फ्रेन्जाइज टोली बलियो टीम बनाउने रणनीतिमा हुनेछन् । यसअघि एनपिएलको पहिलो संस्करणको अक्सनबाट मार्की समेत गरी ८८ खेलाडी आठ टोलीमा सहभागि भएका थिए ।
अघिल्लो संस्करणमा अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये सबै आठ टोलीले मार्की सहित ५१ जना खेलाडीलाई निरन्तरता दिएका छन् । शनिबार हुने दोस्रो संस्करणको खेलाडीको भाग्य र भविष्य बदल्नेछ ।