काठमाडौँ । नेपाली काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आइतबारबाट काठमाडौंमा शुरु भएको छ । जुन महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न पार्टीका शीर्ष नेताहरु उपस्थित भएका छन् । रास्वपा सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य दलका शीर्ष नेताले महाधिवेशन सत्रलाई सम्बोधन गरेका छन् । तर सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अन्तिम समयमा आएर महाधिवेशन उद्घाटनमा सहभागीता जनाएनन् । जबकी शनिबार सम्म मात्रै पनि ओली महाधिवेशनमा जाने र कार्यक्रमलाई सम्बोधन गर्ने विषय तय भएको थियो । उनको सम्बोधनको कार्यतालिकासमेत तय भएको भन्दै काँग्रेसलेसमेत ओलीको नाम सम्बचोधनको सूचीमा राखेको थियो । काँग्रेसले विभिन्न पार्टीका शीर्ष नेताहरुलाई घरघरमै पुगेर दिएको निमन्त्रणालाई ओलीले स्वीकार गर्ने अनुमान स्वभाविक थियो । तर एमाले अध्यक्ष ओलीले भने अन्तिम समयमा आएर महाधिवेशनमा सहभागीता जनाएनन् ।
किन सहभागी भएनन् ओली ?
अघिल्लो सरकारको नेतृत्च गर्दा केपी शर्मा ओली काँग्रेसँगको सहकार्यमा थिए । जुन सहकार्य ओली र तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवासँगको समझदारीमा बनेको थियो । तर उक्त सरकार सफलभन्दा पनि बढी बदनाम बन्यो । काँग्रेससँगको सहकार्यमा बनेको ओली सरकार रहँदै जेनजी आन्दोलन हुँदा नयाँ राजनीतिक धार निर्माण भएका छन् । प्रतिफलस्वरुप एमालेमा पार्टी पुनर्गठनको विषय उठ्यो । र, काँग्रेसमा पनि गगन थापा नेतृत्वको नयाँ धार सृजना भयो । ओली स्वयम देउवासहित आफूहरुको तहका नेताहरुलाई बाइकट गर्ने राजनीतिक धार निर्माण गर्न चाहँदैन थिए । त्यही कारणले काँग्रेसमा नेतृत्व परिवर्तनको बहह र देउवाले सभापति छाडुनुपर्ने विषयको विवाद उत्कर्षमा पुग्दा देउवा ओली भेटवार्ता भएको बताइन्छ ।
ओली स्वयमले पनि देउवालाई नेतृत्व छाड्न तयार नहुन सुझाव दिएका थिए । जुन कारण पनि देउवा अहिलेसम्म आफ्नो समूहको नेतृत्व गर्दै अर्को महाधिवेशन गर्ने तयारीमा छन् । यसकारण पनि देउवासँगै विभाजित गगन थापा नेतृत्वको काँग्रेस महधिवशेनमा ओली सहभागी हुन नचाहेको विश्लेषण भइरहेका छन् । अर्कोतर्फ ओली उहीँ सभामा रास्वपा सभापति रवि लामिछाने सहभागी हुने र उनी भन्दा कनिष्ट अतिथिको रुपमा बोल्नुपर्ने अवस्थाका कारण पनि उद्घाटनमा उपस्थिति नजनाएको विश्लेषण भइरहेको छ । ओली तीनै नेता हुन्, जो, आफू प्रधानमन्त्री रहेका बेला रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा ५ बढी जिल्लाबाट अनुसन्धान गराएका थिए । तर पछिल्लो राजनीतिक परिस्थितिले रविलाई मुलुककै सबैभन्दा ठूलो दलको सभापति बनाएको छ । यही परिस्थितिमा रवि तथा गगनसँग मञ्च शेयर गर्नुपर्ने अवस्थामा ओलीले महाधिवेशनको उद्घाटन शत्र छल्न निम्तो अस्वीकार गरेको देखिन्छ ।
देउवालाई साथ दिँदा एक्लिँदै ओली !
उता गगन थापा समूहको अधिवेशन सत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई पनि निम्ता दिएको दावी गरिएको थियो । गगन समूहले उद्घाटन सत्रका लागि देउवालाई प्रमुख अथितिको रुपमा निमन्त्रणा गरेपनि उक्त निम्तोलाई देउवाले स्वीकार गरेको देखिँदैन । पार्टी पूर्व प्रवक्ता प्रकाशशरण महतले नै आफूहरुलाई निम्तो नआएको भन्दै देउवा पनि सहभागी नहुने प्रष्ट पारेका थिए । यो अवस्थामा समानान्तर गतिविधि गरिरहेको देउवा स्वयम उद्घाटनमा सहभागी नहुन स्वभाविक देखिन्छ । तर फरक पार्टीको नेतृत्व गरिरहेका ओलीले अर्को पार्टीको महाधिवेशनमा बोलाइएपनि अन्तिम समयमा आएर उपस्थिति नजनाउनुलाई भने फरक राजनीतिक चरित्रको रुपमा व्याख्या गरिएको छ ।
ओलीको यो बदलिएको राजनीतिक व्यवहारले ओली आँफैलाई एक्ल्याएको विश्लेषण भइरहेका छन् । मुलकुमा विभिन्न दल र पार्टीहरु रहँदा एकअर्काबीच प्रतिस्पर्धा तथा सहकार्य हुनु लोकतान्त्रिक व्यवहारकै एक पाटो हो । तर पछिल्लो राजनीतिक परिस्थितिमा देउवाको पक्षधरता लिँदा ओली नै राजनीतिक रुपमा एक्लो बन्ने परिस्थिति नआउँला भन्न सकिने अवस्था छैन ।


