News 24 Television
माननीयको दम्भले विश्वराजलाई तनाव, खगेन्द्र सुनार पनि विवादमा

काठमाडौं । जनताका प्रतिनिधिहरुले गर्ने काम के हो ? के उनीहरु जनताभन्दा माथि र सर्वोच्च हुन्? यी प्रश्नहरु पेचिला बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्व पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको एक विद्यालयका प्रधानाध्यापकलाई हकारेपछि यो विषय विवाद र चर्चामा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेल विवादमा तानिएपछि माफी माग्न पुगेका छन्। सांसद पोखरेलले आफ्नो भिडियो तोडमोड गरिएको भन्दै अभिव्यक्ति दिदै माफी मागेपनि उनले देखाएको दम्भ, आफुलाई ठानिरहेको माननीय र सर्वोच्च पदमा पुगेको भन्ने सुरक्षाकर्मीको उच्च नेतृत्वको धङधङ्गीले सर्वसाधारणले प्रश्न गरिरहेका छन्। राजनीतिक वृत्तमा पनि यो विषयमा अनेक प्रश्नहरु उठिरहेका छन् । 

विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको, सम्मान नदेखाएको भन्दै पोखेको आक्रोशमा भनेका छन्, ’एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने? तपाई ननिस्किने? तपाईहरु माननीय आएपछि रिसिभ गर्न आउनुपर्छ, यो जिल्लाको एक नम्बर माननीय हो“, र “तपाई जस्तो हेडमास्टर त मैले देशभर चलाएको हुँ। उनी यतिमामात्रै भने रोकिएका छैनन्, उनले आफू राजनीतिक प्रतिशोधका कारण प्रहरी प्रमुख बन्न नपाएको उच्चपदस्थ कर्मचारी भएको भनिरहेका सुनिन्छन्। जुन कुराको आलोचना तीब्र गतिमा भइरहेको छ । 

विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको, सम्मान नदेखाएको भन्दै पोखेको आक्रोशमा भनेका छन्, ’एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने? तपाई ननिस्किने? तपाईहरु माननीय आएपछि रिसिभ गर्न आउनुपर्छ, यो जिल्लाको एक नम्बर माननीय हो“, र “तपाई जस्तो हेडमास्टर त मैले देशभर चलाएको हुँ।'

उनी यतिमामात्रै भने रोकिएका छैनन्, उनले आफू राजनीतिक प्रतिशोधका कारण प्रहरी प्रमुख बन्न नपाएको उच्चपदस्थ कर्मचारी भएको भनिरहेका सुनिन्छन्। जुन कुराको आलोचना तीब्र गतिमा भइरहेको छ। खिजिदेम्बा गाउँपालिका वडा नं. २, रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा पुगेको बेला भएको घटनामा आफू थप जिम्मेवार बन्नुपर्नेमा थप सजकता अपनाउने भन्दै उनले माफी मागेका छन्। तर, तथ्यको तोडमोड भएको भन्दै उनले अझैंपनि आफ्नो बचाउ गर्न भनेक खोजेका छन्। 

माननीय मोह

विश्वराज पोखरेल उदाहरण हुन्। उनीजस्तै धेरैलाई प्रतिनिधिसभामा निर्वाचित भएपछि यस्तो उन्माद भने चढ्ने गरेको देखिन्छ । सरकारी कर्मचारी हकार्नेदेखि सर्वसाधारणमाथि आफ्नो मानसम्मान नभएकोभन्दै दुव्र्यहार गर्ने गरेका घटना यसअघि पनि घट्ने गरेका देखिन्छन्। यता, राष्ट्रिय स्वतन्त्र पार्टीकै अर्का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार पनि विवादमा फसेका छन्।

सिन्धुलीको हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनामा धर्ना र दबाब दिन पुगेका सुनारले जिल्लाका एसपीलाई सडकमा घिसार्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन्। पटक–पटक विवादमा पर्ने गरेका सुनार प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले माननीयको धङ्धङ्गी थप बढेको देखिन्छ ।

रास्वपामै विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश कार्कीले भने यस्तो प्रवृत्तिमाथि विरोध जनाएका छन्। उनले एक भोटका लागि हजार पटक नमस्ते गरेको र अमूल्य मत दिने मतदातामाथि यस्ता व्यवहार गर्दा थप क्षति हुनेतर्फ सचेत गराएका छन्। कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ’ म माननीय भनेको राम्रो सुनिन्छ र ? सुनिँदैन त । आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु । यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ’हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु ! भुइँ नछोडौँ न है ।’

उसोतः विश्वराज पोखरेलले दिएको अभिव्यक्ति र देखाएको व्यवहारले आलोचना र विवाद बढाउन थालेको देखिन्छ । उनले माफी मागेपनि तथ्यको तोडमोड भन्दै आफ्नो वचाउ गरेका छन भने प्रतिनिधिसभामा निर्वाचित भएपछि धेरै सांसदहरुको व्यवहारमा सार्वजनिक रुपमै प्रश्न उठाउन थालिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update